१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

भारतीय प्रहरीहरु आरोपी खोज्दै काठमाडौंमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १२, २०८२

काठमाडौं । पञ्जाब प्रहरीको एउटा टोली विना समन्वय काठमाडौं आउँदा पक्राउ परेपछि सनसनी मच्चिएको घटना सेलाउन नपाउँदै भारतीय सुरक्षा अधिकारीको अर्को टोली पनि काठमाडौंसम्म आएको खुलेको छ ।

तेलङ्गाना राज्यको हैदराबादमा भएको चोरीको घटनामा संलग्नको खोजी गर्दै डीएसपी जसवन्त सिंहको नेतृत्वमा चार जना प्रहरी अधिकृतहरू करिब एक साताअघि काठमाडौं आएको भेटिएको हो ।

‘उनीहरू बर्दी वा हतियारसहित आएका होइनन्, अनौपचारिक रुपमा सूचना लिनका लागि आएका जस्ता देखिन्छन्’, नेपाल प्रहरीका एक उच्च अधिकृतले भने, ‘काठमाडौंमा उनीहरूले मानिसहरूसँग केरकार गरेको थाहा पाएपछि उनीहरूलाई नै नियन्त्रणमा लिएर छानबिन गरेका थियौं ।’

स्रोतका अनुसार, भारतीय प्रहरीको टोली त्यहाँ घरेलु कामदारका रुपमा बसेका नेपाली जोडिएको चोरीको घटनामा अनुसन्धानका लागि नेपाल प्रवेश गरेका थिए । पहिले उनीहरू दैलेखको आठबिसकोट नगरपालिका–५ पुगेका थिए । त्यहाँ चोरीमा संलग्न आरोपी फेला नपारेपछि केही नेपालीलाई लिएर उनीहरू बसेको ठाउँ खोज्दै काठमाडौंसम्म आएको पाइएको ती अधिकृत बताउँछन् ।अनलाइन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!