१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

ललितपुर प्रहरीद्वारा जिल्ला भरि लागुऔषध दुर्व्यसनरहित घर अभियान बिहीबारदेखि सुरु

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १२, २०८२

काठमाडौं । ललितपुर महानगरपालिकामा लागुऔषध दुर्व्यसनरहित घर अभियान सुरु गरिएको छ । सानेपामा आयोजित समारोहमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले समझदारी पत्रमा हस्ताक्षर गरे ।
लागुऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा ललितपुरका मेयर चिरिबाबु महर्जनले अभियान सफल पार्न लागि पर्ने बताए । उनले भने– ‘सबैलाई धन्यवाद, धेरै राम्रो कामको सुरुवात भएको छ ।’
ललितपुर प्रहरीले एकदमै सराहनीय काम गर्दै आएको उल्लेख गर्दै महर्जनले प्रहरीसँगको सहकार्यमा अभियान सफल पारिने उद्घोष गरेका छन् । कार्यक्रम जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र ललितपुर महानगरपालिकाले आयोजना गरेका हुन् ।
कार्यक्रममा आईजीपी दीपक थापाले लागुऔषध ‘रोग’ भएको बताए । उनले भने, ‘लागुऔषध नियन्त्रण गर्न हामीले विभिन्न अभियान र अपरेसन सञ्चालन गरिरहेका छौँ ।’
ललितपुर महानगरपालिका भित्र सुरु गरिएको लागुऔषध दुर्व्यसनरहित घर अभियानलाई अभियानलाई व्यवस्थित रूपमा लैजान आईजीपी थापाले उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङ र ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीलाई निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!