काठमाडौं । परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केही बेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको सुनाए ।
‘कुनै प्राविधिक समस्या भएन भने आजै नतिजा प्रकाशन हुन्छ,’ उनले भने ।
गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसइईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए ।