१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

मधेस प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा श्री गहवामाई रथ यात्रा भव्य सम्पन्न,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ १३, २०८२

 

पर्सा । बिरगंज श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथ यात्रा धार्मिक समन्वय समितिले गहवामाई मन्दिरको पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेस्रो रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिले जनाएको छ ।

निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ८ बजे गहवामाई मन्दिरमा विशेष पूजापाठसहित सुरु भएको रथ यात्रा घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको छठघाट चोक हुँदै वीरगञ्जको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो ।

रथ यात्रामा वीरगञ्जसहित पर्सा जिल्लाका विभिन्न स्थानीय तह, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको समितिका अध्यक्ष श्यामकुमार पोखरेलले बताए । उनका अनुसार, सीमावर्ती भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालुहरूले सहभागिता जनाएका थिए ।

रथ यात्रालाई वीरगञ्जवासीले विभिन्न स्थानमा भव्य स्वागत गरेका थिए । नगरवासीहरूले रथमाथि पुष्प वर्षा गर्नुका साथै सहभागी श्रद्धालुहरूका लागि पानी, जुसलगायतको व्यवस्था गरेका थिए । सहभागीहरूले भगवा र रातो रङ्गको लुगा लगाएर गहवामाईको जयजयकार गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!