०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

होटलबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुईजना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १३, २०८२

होटलबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुईजना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा सिराहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मियाँ र धनुषाको कमला नगरपालिका–८ का ४२ वर्षीय सामन यादवलाई पक्राउ गरिएको हो ।

उनीहरू ‘दर्शन नमस्ते इन’ नामक होटलमा लागुऔषधको किनबेचको डिल गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कालीदास धौवजीका अनुसार पक्राउ परेकाहरूको साथबाट ४७.९ ग्राम ब्राउनसुगर, एउटा डिजिटल तराजु, तीनवटा मोबाइल फोन, दुईवटा पासपोर्ट र नगद १२ हजार १७५ रुपैयाँ बरामद गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार उनीहरूले धनुषाका विभिन्न ठाउँहरूबाट लागुऔषध काठमाडौं ल्याई लामो समयदेखि होटल तथा शंकास्पद स्थानहरूमा बिक्री गर्दै आएका थिए ।

पक्राउ परेका दुबै जनालाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

error: Content is protected !!