१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

होटलबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुईजना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १३, २०८२

होटलबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुईजना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा सिराहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मियाँ र धनुषाको कमला नगरपालिका–८ का ४२ वर्षीय सामन यादवलाई पक्राउ गरिएको हो ।

उनीहरू ‘दर्शन नमस्ते इन’ नामक होटलमा लागुऔषधको किनबेचको डिल गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कालीदास धौवजीका अनुसार पक्राउ परेकाहरूको साथबाट ४७.९ ग्राम ब्राउनसुगर, एउटा डिजिटल तराजु, तीनवटा मोबाइल फोन, दुईवटा पासपोर्ट र नगद १२ हजार १७५ रुपैयाँ बरामद गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार उनीहरूले धनुषाका विभिन्न ठाउँहरूबाट लागुऔषध काठमाडौं ल्याई लामो समयदेखि होटल तथा शंकास्पद स्थानहरूमा बिक्री गर्दै आएका थिए ।

पक्राउ परेका दुबै जनालाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!