काठमाडौं । शनिबार बिहान स्थानीय रामसेवक महराका अन्दाजी ३० वर्षीय छोरा अजय महरा को शव घरअगाडि मृत अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार अजय महरालाई कुटपिटपछि घिसारेर हत्या गरिएको आशंका गरिएको छ। मृतकको घाँटीमा लुगा बेरिएको अवस्थामा भेटिएको हुँदा घाँटी कसेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
घटनापछि सो क्षेत्रका स्थानीयवासीहरु घटनास्थलमा भेला भएका छन् भने जिल्लाबाट प्रहरी टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवान का अनुसार शवको प्रकृति र घटनास्थलको अवस्थाले हत्या भएको पुष्टि गरे पनि हत्याको कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी रहेको छ।
यस घटनाले अर्नमा गाउँमा त्रास फैलिएको छ भने स्थानीयले हत्याको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। शव पोस्टमार्टमका लागि सिरहा अस्पताल लगिएको जनाइएको छ।