१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सिरहामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ १४, २०८२

काठमाडौं । शनिबार बिहान स्थानीय रामसेवक महराका अन्दाजी ३० वर्षीय छोरा अजय महरा को शव घरअगाडि मृत अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार अजय महरालाई कुटपिटपछि घिसारेर हत्या गरिएको आशंका गरिएको छ। मृतकको घाँटीमा लुगा बेरिएको अवस्थामा भेटिएको हुँदा घाँटी कसेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

घटनापछि सो क्षेत्रका स्थानीयवासीहरु घटनास्थलमा भेला भएका छन् भने जिल्लाबाट प्रहरी टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवान का अनुसार शवको प्रकृति र घटनास्थलको अवस्थाले हत्या भएको पुष्टि गरे पनि हत्याको कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी रहेको छ।

यस घटनाले अर्नमा गाउँमा त्रास फैलिएको छ भने स्थानीयले हत्याको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। शव पोस्टमार्टमका लागि सिरहा अस्पताल लगिएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

error: Content is protected !!