काठमाडौं । मदन जयन्तीका अवसरमा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्।
भण्डारी पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन्।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’