१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

नेपालगन्जमा साझा प्रजातान्त्रिक उद्योगी ब्यवसायीहरुको उमेदवार घोषणा

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

(महेन्द्र सिंह)
बाँके पुस १७ उद्योगी व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समुह प्यानलले अध्यक्ष मा ललित कुमार रोैनियार को नेतृत्वमा शुक्रबार कार्यक्रम गरी उम्मेदवारहरुको नाम घोषणा गरीएको छ । उक्त प्यानलको उपाध्यक्षमा तपेन्दृ   बिक्रम र वाणिज्य तर्फ अमित बस्नेत उम्मेदवार रहनुभएको छ । सदस्यमा अजय कुमार टण्डन , सनिल सिंघल, विन्दु घर्ति मगर, टंक प्रसाद शर्मा , टेक बहादुर खड्का , मख्खन बहादुर धामि, तेज नारायण कंडेल , बदरुदिन अन्सारी , विष्णु प्रसाद श्रेष्ठ , सन्तोष कुमार वैश्य, सुरेन्द्र सिंह सरदार रहनुभएको छ । उम्मेदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार ललित कुमार रोैनियारले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आउनुभएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गर्नुभयो । मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने बिश्वास छ भन्दै अध्यक्ष पदका उम्मेदवार रोैनियारले भन्नुभयो । उहाँले नेतृत्वमा पुर्याए निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले थप्दै भन्नुभयो,–‘यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड्न तयार छु । २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु भन्दै घोषणा सभामा सहभागि हुँदै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!