०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि आफन्तहरू आन्दोलित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

दाङ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो ।

बिहान १० बजेसम्म सामान्य रूपमा डेलिभरी हुने भनिए पनि त्यसो नहुँदा करिब १२ बजे अपरेशनमार्फत शिशुको जन्म गराइएको थियो । तर केही समयमै सुनारको मृत्यु भएपछि उनका आफन्तहरू आक्रोशित बनेका हुन् ।

मृतकका आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण घटनाको जटिलता बढेको भन्दै अस्पताल परिसरमै प्रदर्शन गरेका छन् । उनीहरूले अपरेशन वार्डमा प्रवेश गरी केही चिकित्सकमाथि हातपातसमेत गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका ससुरा महाबीर सुनारले आफ्नो माईली बुहारीको मृत्यु चिकित्सकीय लापरवाहीकै कारण भएको दाबी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान राखेका छन् । साथै, नवजात शिशुको उचित उपचारको माग पनि गरेका छन् ।

यस विषयमा प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे आवश्यक जानकारी सङ्कलनको प्रक्रिया चलिरहेको जानकारी दिए । उनले सुत्केरीको स्वास्थ्य अवस्था, उपचारका क्रममा अपनाइएका विधि र प्रकृयाका आधारमा वस्तुगत यथार्थ सार्वजनिक गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!