०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ प्रहरीद्वारा मोवाईल व्यवसायीहरुसंग साइबर सुरक्षा सचेतना विशेष अन्तरक्रिया

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २९, २०८२

दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप २०८२।०३।२८ गते घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा नेपाल मोवाईल व्यवसायी संघ जिल्ला शाखा दाङ र मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराही दाङको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय, मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराहीका अध्यक्ष शालिकराम खनालको अध्यक्षता, नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यता, नेपाल मोवाईल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शेष नारायण शर्मा र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राम कुमार के.सी.को विशिष्ट आतिथ्यता, नेपाल मोवाईल व्यवसायी संघ जिल्ला शाखा दाङ र मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराहीका पदाधिकारीहरु, मोवाईल व्यवसायीहरु, संचारकर्मी लगायतको सहभागितामा संचालित “साइबर सचेतना तथा अन्तरक्रिया कार्यक्रम”मा प्रहरी निरीक्षक राम कुमार के.सी.ले साइवर अपराधको परिचय, सामाजिक संजालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सुरक्षित प्रयोग, कानूनी प्रावधान, मोवाईल चोरी तथा चोरी भएको मोवाईल प्रयोग नियन्त्रणमा गर्न व्यवसायीहरुको भूमिका, गैह्रकानूनी कामकारवाही नियन्त्रण लगायत विषयमा जानकारी दिनुको साथै सहभागिहरुबाट उठेका प्रश्न तथा जिज्ञासाहरुको सहजिकरण गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!