२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

माघ साँस्कृतिक महोत्सवको उद्घाटन भौतिक पुर्वधार मन्त्री:चौधरीले गर्ने

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

(सागर थापा) दाङ पुस २२ घोराहीमा यहि पुस २५ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमा हुन गइरहेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्ने भएकाछन् । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक सचिवालय समितिको मंगलबार विहान घोराहीमा बसेको बैठकले मन्त्री चौधरीलाई बोलाउने निर्णय गरेको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए ।
यसैगरि महोत्सवमा प्रतिनीधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्यहरु लगायत जनप्रतिनीधि तथा विभिन्न दलका प्रमुख तथा प्रतिनीधि, उद्योग व्यापारीहरुको विशेष सहभागिता रहेने आयोजक संस्थाले जानकारी दिएको छ ।
‘सामाजिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, न्याय सहितके संमृद्धिक लाग हमार अभियान’ भन्ने मुल नारा सहित अयोजना हुन लागेको महोत्सव उद्घाटनको दिन घोराही विभिन्न समुदायको परम्परागत कला संस्कृति झल्किने झाँकी सहित बजार परिक्रम गर्ने तयारी रहेको प्रचारप्रसार समितिका संयोजक दहितले बताए । चार दिनसम्म हुने महोत्सवमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि दाङ उद्योग बाणिज्य संघ लगायत जिल्लामा रहेका विभिन्न संघसस्थाहरुले प्रतिबद्धता समेत ब्यक्त गरिसेकाछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]