०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

माघ साँस्कृतिक महोत्सवको उद्घाटन भौतिक पुर्वधार मन्त्री:चौधरीले गर्ने

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

(सागर थापा) दाङ पुस २२ घोराहीमा यहि पुस २५ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमा हुन गइरहेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्ने भएकाछन् । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक सचिवालय समितिको मंगलबार विहान घोराहीमा बसेको बैठकले मन्त्री चौधरीलाई बोलाउने निर्णय गरेको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए ।
यसैगरि महोत्सवमा प्रतिनीधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्यहरु लगायत जनप्रतिनीधि तथा विभिन्न दलका प्रमुख तथा प्रतिनीधि, उद्योग व्यापारीहरुको विशेष सहभागिता रहेने आयोजक संस्थाले जानकारी दिएको छ ।
‘सामाजिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, न्याय सहितके संमृद्धिक लाग हमार अभियान’ भन्ने मुल नारा सहित अयोजना हुन लागेको महोत्सव उद्घाटनको दिन घोराही विभिन्न समुदायको परम्परागत कला संस्कृति झल्किने झाँकी सहित बजार परिक्रम गर्ने तयारी रहेको प्रचारप्रसार समितिका संयोजक दहितले बताए । चार दिनसम्म हुने महोत्सवमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि दाङ उद्योग बाणिज्य संघ लगायत जिल्लामा रहेका विभिन्न संघसस्थाहरुले प्रतिबद्धता समेत ब्यक्त गरिसेकाछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]