१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

जनकपुर उपमहानगरपालिका पुगेका उज्यालो सहकर्मी सुभाष कर्णसहित आधा दर्जन पत्रकारमाथि कुटपिट भएको छ ।

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

सडक विस्तारको क्रममा जानकी मन्दिर फुलबारीको जग्गा उपमहानगरपालिकाले मिचेको विषयमा मेयर लालकिशोर साहको अभिव्यक्ति लिने क्रममा पत्रकारमाथि कुटपिट भएको हो । पत्रकारहरुले मिडिया आतंक फैलाउन खोेजेको भन्दै हप्काउँदै साहका केही कार्यकर्ता र नगर प्रहरीले कुटपिट गरेका उज्यालो सहकर्मी कर्णले बताउनुभयो ।
पत्रकारहरुले जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमणको नापीमा के भयो? भन्ने विषयमा प्रश्न गरेका थिए । पत्रकारका क्यामेरा, मोबाइल लगायत समाचार पनि नगर प्रहरीले खाेसेका छन् । पत्रकारमाथि भएको दुर्व्यवहारप्रति पत्रकारसँग सम्बन्धित संगठनले विरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । उनलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षका समिर थापा माता भन्दै लामो समयदेखि झारफूक गर्दै आएका थिए । उनले केही समय अघि एक महिलालाई गालीगलौज र कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई […]

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]