१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

कार्यकक्षमै कुटिए वडाअध्यक्ष

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का वडा अध्यक्ष दिलबहादुर बुढामाथि मंगलबार हातपात भएको छ।
छाडा गाईगोरु व्यवस्थापनको खर्चबारे विवाद हुँदा बुढामाथि कुटपिट गरेको वडा कार्यालयका कर्मचारीले बताए। वडा कार्यालयमा रहेका वडा अध्यक्ष बुढामाथि अग्नि विष्ट र उनका छोरा लोकेन्द्र विष्टले कुटपिट गरेका हुन्।
२०७४ सालमा १५ दिनका लागि विष्टलाई नगरपालिकाले छाडा गाई व्यवस्थापनको जिम्मा दिएको थियो। गाई जिम्म दिएबापत विष्टलाई नगरपालिको दुई लाख ६० हजार रकम भुक्तानी गरेको थियो। गाई व्यवस्थापनको अझै दुई लाख रुपैयाँ रकम बाँकी रहेको भन्दै मदिरा सेवन गरी बुवाछोराले विवाद गरी कुटपिट गरेको वडा अध्यक्ष बुढाले बताए।
‘सम्झौताभन्दा बढी रकम विष्टले बुझेर लगेका छन्’ अध्यक्ष बुढाले भने, ‘भुक्तानी पाइसके पनि छाडा गाई व्यवस्थापनमा खटिएका कामदारलाई रकम नदिई खर्च गरेका छन्। उल्टै अझै रकम पाउनु पर्ने भनी बखेडा झिकेर कुटपिटमा उत्रिए।’
‘रकम भुक्तानीबारे नगरपालिकासँग सम्झौता गरिएको छ। त्यहि गएर बुझ्नोस्, पाउनु पर्ने भए नगरपालिको देला पनि भनेँ। तर गालीगलौज गर्दै ममाथि नै कुटपिट गरे’ उनले थपे।
नगरपालिकका नगर प्रमुख दिलबहादुर ऐरले कार्य कक्षमै रहेका जनप्रतिनिधिमाथि कुटपिट गर्ने कार्य कदापी पनि सैह्य नहुने बताए। ‘पाउनु पर्ने रकम भए पनि नगरपालिकासँग बुझे हुन्थ्यो’, उनले भने ‘मदिरा सेवन गरेर जनताको सेवामा खटिएका जनप्रतिनिधिमाथि कुटपिट गर्नेहरूमाथि कानुनी कार्वाही हुन्छ।’
वडा अध्यक्ष बुढालाई कुटपिट गर्ने बुवाछोरा दुवैलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ। बुवाछोरा अहिले इप्रका झलारीको हिरासतमा रहेका प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]