१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

तस्करी रोक्न बाँकेमा फ़ेरि अर्को बोर्डर आउट पोस्ट थपियो

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

(महेन्द्र सिंह)
बाँके पुस २६ नेपालगन्जमा एउटा बिओपी (बोर्डर आउट पोस्ट) थपिएको छ। योसँगै जिल्लामा बिओपीको संख्या ६ पुगेको छ। सरकारले देशभर १ सय १४ वटा बिओपी थप गर्ने निर्णय गरेकोमा बाँकेमा पनि ५ वटा बिओपी थप्न लागिएको हो।
यसै क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले दिए।
सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर प्रदेश विन्देवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच जयसपुर बिओपीको उद्घाटन गरे।
सशस्त्र प्रहरी नायब महानिरीक्षक पौडेलले नयाँ थपिने बिओपीहरुले सीमा सुरक्षा, अपराध तथा तस्करी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्ने बताए। उनले जनताबाट गुनासो नभइ प्रशंसा आउने गरी काम गर्न मातहतका प्रहरी अधिकारी तथा जवानहरुलाई निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जयसपुर बिओपी थपिएसँगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भन्सार कार्यालय नेपालगञ्जको जग्गामा बिओपी स्थापना गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।
कार्यक्रममा भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओली लगायत उपस्थित थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!