१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

पूर्वराजा ज्ञानेन्द्र शाहसहितको ६ सदस्यीय टोली १० दिनको बसाइँका लागि झापामा आइपुगे,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, भाद्र ०९, २०८२

काठमाडौं । पूर्वराजा शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहसहितको ६ सदस्यीय टोली आज दिउँसो १२ः४५ बजे बुद्ध एयरको नियमित उडानबाट भद्रपुर विमानस्थल ओर्लिएको हो।

उनीहरूलाई भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको नेतृत्वमा रहेको टोलीले स्वागत गरेको थियो।

स्वागत गर्नेहरूमा नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डललगायतका व्यक्तिहरू थिए।

विमानस्थलमा स्वागतपछि शाह दमक–९ मा रहेको हिमालयन महालक्ष्मी टी इस्टेटस्थित मिनी दरबारतर्फ प्रस्थान गरेका छन्।

उनको सवारीका लागि विभिन्न नम्बरका आठवटा गाडी प्रयोग गरिएको थियो, जसमा बा २१ च ७३१८ नम्बरको मुख्य गाडी समावेश थियो।

यसअघि, पूर्वराजा ज्ञानेन्द्र शाह गत जेठ महिनाको दोस्रो साता पनि झापा आएका थिए। त्यतिबेला उनी करिब १५ दिन बसेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!