२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

तीजमा पशुपति क्षेत्रमा ठुलो मेलामा ७ सय सशस्त्र प्रहरी र स्वास्थ्य सेवा पनि परिचालन,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र १०, २०८२

काठमाडौं । तीजको अवसरमा मंगलबार पशुपतिनाथ मन्दिरमा लाग्ने ठूलो मेलालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले करिब सात सय जनशक्ति परिचालन गर्ने भएको छ । सुरक्षासँगै स्वास्थ्य सेवा पनि सहज उपलब्ध गराइने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्यूटी सुरु हुने भएको छ ।

दर्शनार्थीको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै करिब १५० जना महिला प्रहरीसहित आवश्यक जनशक्ति खटाइनेछ ।मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयले गर्नेछ भने पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोस्ट स्थापना गरिएको छ ।

उपत्यकाका विभिन्न कार्यालयहरूबाट एकै सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरी खटाइने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।दर्शनार्थीलाई सहज बनाउन नेपाल एपीएफ अस्पतालका महिला चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ ।त्यस्तै, सिनामंगलस्थित नं. २० विपद् उद्धार गणको गोताखोर र विपद् उद्धार टोली राम मन्दिर नजिकै बागमती नदी किनारमा आवश्यक सामग्रीसहित वाटर रेस्क्यु सेवामा खटिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!