०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

४४ कार्टुन अवैध लागुऔषध सहित ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

(एबिसी संचार)
काठमाडौं पुस २९ लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र औषधि विभागको संयुक्त टोलीले ४४ कार्टुन अवैध लागुऔषध बरामद गरेको छ। सोमबार प्रहरी र विभागको संयुक्त टोलीले काठमाडौंको ढल्कुबाट सो परिमाणको लागुऔषध बरामद गरेको हो।
सो परिमाणको लागुऔषध लुकाई छिपाई राखेको आरोपमा हालसम्म ४ जना पक्राउ समेत परेका छन्। तर मुख्य अभियुक्त भनिएका पुरुपोत्तम भणडारी भने अझसम्म फरार छन्। प्रहरीले भण्डारीका नाममा उपस्थित हुन पत्र थमाएको जानकारी दिएको छ।
लागुऔषधको अवैध कारोबार गरेको आरोपमा २ दिनअघि प्रहरीले २ जनालाई पक्राउ गरेको थियो। उनीहरुले अर्की एक युवतीसँग सम्पर्क हुने र उनले नै आफूहरुलाई लागुऔषध ल्याएर दिने गरेको बताएपछि ती युवती पनि पक्राउ परेकी छन्। युवतीले कृषासुर ड्रग्स हाउसबाट लागुऔषधको कारोबार गर्ने गरेकी थिइन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।