२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

४४ कार्टुन अवैध लागुऔषध सहित ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

(एबिसी संचार)
काठमाडौं पुस २९ लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र औषधि विभागको संयुक्त टोलीले ४४ कार्टुन अवैध लागुऔषध बरामद गरेको छ। सोमबार प्रहरी र विभागको संयुक्त टोलीले काठमाडौंको ढल्कुबाट सो परिमाणको लागुऔषध बरामद गरेको हो।
सो परिमाणको लागुऔषध लुकाई छिपाई राखेको आरोपमा हालसम्म ४ जना पक्राउ समेत परेका छन्। तर मुख्य अभियुक्त भनिएका पुरुपोत्तम भणडारी भने अझसम्म फरार छन्। प्रहरीले भण्डारीका नाममा उपस्थित हुन पत्र थमाएको जानकारी दिएको छ।
लागुऔषधको अवैध कारोबार गरेको आरोपमा २ दिनअघि प्रहरीले २ जनालाई पक्राउ गरेको थियो। उनीहरुले अर्की एक युवतीसँग सम्पर्क हुने र उनले नै आफूहरुलाई लागुऔषध ल्याएर दिने गरेको बताएपछि ती युवती पनि पक्राउ परेकी छन्। युवतीले कृषासुर ड्रग्स हाउसबाट लागुऔषधको कारोबार गर्ने गरेकी थिइन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]