२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

धनगढीमा ब्राउन सुगर सहित एक युवा २ युवती पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

(एबिसी संचार)
कैलालीको धनगढीबाट ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो।
वडा नम्वर १० घर भई वडा नम्वर ८ को बुद्दचोक नजिक डेरा गरी बस्ने २० बर्षीय उमेश धामी, २० बर्षकै उमा चौधरी र १९ बर्षीय असरानी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनीहरुको साथबाट ५ सय १० मिलिग्राम ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको १० को नोट लगायतका सामान बरामद गरीएको उनले बताए।
कैलाली जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी बस्नेतले जानकारी दिनुभएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!