१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

निरीक्षक रोकायको काम कार्वाही सुरु एक हप्तामा पेस्तोल सहित २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

(सागर थापा/महेन्द्र सिंह) बाँके ट्राफिक प्रमुख भएर सफल काम गर्न सफल प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले धनुषा सरुवा भएको सात दिनमै प्रहरी संगठनकै नाम उच्च राख्न सफल भएका छन् ।
स्वचालित पेस्तोलसहित प्रहरी निरीक्षक रोकयाको कमान्डको टोलीले दुई जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका ५ का दुईभाई २६ बर्षिय दिनेश कुमार महतो र १९ बर्षिय शुभकेश महतो रहेको प्रहरी निरीक्षक रोकायाले बताए।
‘मंगलबार बिहान १ बजेको समयमा जनकनन्दनी गाउँपालिका ५ स्थित हरि महतो घर अगाडी केही ब्यक्तिहरुले पेस्तोल पडकाउदै हिडेेको खबर हामीलाई पुग्ना साथ हाम्रो टोली त्यस तर्फ प्रस्थान गर्दा सोही हरि महतोकै छोराहरुले पेस्तोल पडकाएको जानकारी पाएको’ रोकायाले बताए।
प्रहरी निरीक्षक रोकायाका अनुसार प्रहरी आएको खबर पाएर दिनेश र शुभकेश फरार रहेपनि उनीहरु दुबै जनालाई मंगलबार दिउँसो प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको थियो। नियन्त्रणमा लिएर उनिहरुसगको अनुसन्धान पश्चात् निजहरुको घर भन्दा ५०० मिटर पुर्व माटो र खरानीले छोपेर लुकाइराखेको अवस्थामा नाम नखुलेको एक थान पेस्तोल स्थानियहरुको रोबहरमा बरामद गरिएको रोकायाले बताए।
कम बोल्ने तर काम धेरै गर्ने युवा जोशले भरीभराउ भएका प्रहरी निरीक्षक रोकाय अपराध पुर्ण रुपमा निर्मुल होस् भन्ने प्रहरी अधिकृत हुन्। ‘म कुनै पनि अपराधी र कानुन मिच्ने जो कोहिलाई पनि छोडदैन् र त्यस्तालाई कानुनी दायरामा ल्याएर कारबाहीमा गराउँछु,’रोकायले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!