१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

भन्सार छलेर ल्याउदै गरेको ६१ बोरा कपडा र एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौँ माघ १ नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले मकवानपुरका ४२ वर्षका आनन्द लामाले भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको जानकारी दिए । “कन्टेनर गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका हौँ”, उनले भने ।
उक्त सामानको मूल्य रु ६० लाख बराबर रहेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]

सुर्खेत । उनलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षका समिर थापा माता भन्दै लामो समयदेखि झारफूक गर्दै आएका थिए । उनले केही समय अघि एक महिलालाई गालीगलौज र कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई […]

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]