१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

धुलिखेल सडक निर्माण हुन नसक्दा चाडपर्वको बेला यात्रुहरुले चरम सास्ती भोग्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । धुलिखेल सुख्खा पहिरोका कारण घण्टौं जाममा पर्नुपर्ने अवस्था आए पनि अरनिको राजमार्गअन्तर्गतको यो सडकखण्डमा यात्रा गर्ने यात्रु थप मारमा पर्ने गरेका छन्। काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको रूपमा रहेको यो सडकखण्डबाट दैनिक हजारौं यात्रु दोलखा, सिन्धुपाल्चोक र तातोपानी जाने आउने गर्छन्।

१२ मिटर चौडा र मालबाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै सडक मजबुत बनाउन नयाँ प्रविधि प्रयोग गर्ने योजनासहितको यो ४ किलोमिटर सडकखण्ड चार वर्षमा पनि बन्न सकेको छैन।

सरकारको योजनाअनुसार यो सडकमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने बताइएको थियो।

तर निर्माण व्यवसायीको लापरबाहीले धुलिखेल-खावा खण्डको ४ किलोमिटर सडक ४ वर्षसम्म पनि निर्माण हुन सकेन। जसका कारण ३ मनसुन भोगेको यो सडकले वर्षाका अलावा अरू समयमा पनि यात्रुलाई सास्ती दिने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!