०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

प्रहरी प्रधान कार्यालयले ६ जना इन्स्पेक्टरहरुको काज सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले तत्काल नियमित सरुवा निकाल्न निर्देशन दिएपनि प्रहरी महानिरीक्षक (आईजी) चन्द्र कुबेर खापुङले उनलाई कुरा मिलाएर काज आदेश जारी गरेका हुन् ।

सूचीअनुसार दीपक थापा इप्रका मनहरि हेटौडा, कैलाश लिम्बु खापुङ सिजुवा मोरङ, शालिकराम तिमिल्सिना सिरहा ट्राफिक, दानबहादुर मिरिङ्चिङ उदयपुर ट्राफिक, सपना खड्का इप्रका डकाह सिन्धुली र बिनोद ठवालको नुवाकोट ट्राफिकमा काज सरुवा भएको छ ।

यस्तै इन्स्पेक्टर कमल राउतको एकल जिल्ला प्रहरी कार्यालय रामेछापमा काज गरिएको छ ।

यसमध्ये कैलाश लिम्बु र दानबहादुर मिरिङ्चिङ, शालिकराम तिमिल्सिना खापुङका नजिकका मान्छे भएको आरोप लागेको छ । आफ्ना मानिसलाई मिलाउन आईजीले नियमित सरुवा प्रक्रिया रोकेर ‘काज’ प्रयोग गरेको उच्च प्रहरी स्रोतको आरोप छ ।

खापुङ आईजी भएपछि भेटेरै इन्स्पेक्टर लिम्बुले फेसबुकमा फोटो राख्दै बधाई काका भनेका छन् । यसरी आईजी खापुङले आफ्ना मान्छेलाई च्याप्दा नियमित सरुवा कुरेर बसेका इन्स्पेक्टरहरु निराश भएका छन् ।

सरुवा सूची दशैंअघि नै निस्किने तयारी भए पनि आईजी खापुङले “दशैंपछि मात्र निकालौँला” भन्दै गृहमन्त्रीलाई समेत ढाटेर काज निकालेको स्रोतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

बाजुरा । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो। दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए। उनीहरू मध्ये २३ जनालाई उपचारका लागि […]

error: Content is protected !!