२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

बारा प्रहरीले करिब २ सय ३६ किलोग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ,

Logo
श्रवण सराफ प्रकाशित बुधबार, आश्विन ०८, २०८२

बारा । जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही-११ मा किसानले उत्पादन गरेको टमाटर बिक्रीका लागि तयार भएको छ। अब किसान परम्परागत खेतीमा मात्र सीमित छैनन्, व्यवसायिक सोचका साथ उत्पादन र बजारमा जोडिन थालेका छन्। मेहनतको उचित मूल्य पाउनु नै उनीहरूको हक हो। नेपाली किसानको मेहनतलाई सम्मान गरौं, स्थानीय उत्पादनलाई प्राथमिकता दिऔं।

  काठमाडौं । मानव र कुकुरबीचको आत्मीय सम्बन्ध, निष्ठा, इमानदारी तथा सुरक्षामा कुकुरले पुर्‍याउँदै आएको अतुलनीय योगदानको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहार विशेष सांस्कृतिक पर्व हो। यसै अवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्ना राष्ट्रसेवक कुकुरहरूको निष्ठा, साहस, अनुशासन र वफादारीको सम्मान गर्दै कुकुर तिहार मनाएको छ। बलम्बुस्थित […]

  बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टीको प्रथम स्थापना दिवसको अवसरमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई हार्दिक शुभकामना ! नेपालगन्ज उपमहानगरपालिकामा पार्टीका नेता *इरफान अहमद शेष* द्वारा बृहत् बैठक बसी नियमित बैठक सम्पन्न भएको छ। बैठकले मंसिर १ गते हुने प्रथम स्थापना दिवसलाई सम्पूर्ण पार्टीका कार्यकर्ताहरुले आफ्नो टोल-टोल, वडा-वडाबाट भव्यताका साथ मनाउन अनुरोध गर्ने निर्णय गरेको […]