०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

ईन्काउन्टर काण्डले रानीपोखरीदेखि प्रहरी मुख्यालयसम्म हलचल

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी सम्बादाता)
काठमाडौं नेपाल प्रहरीले गत आईतबार जोरपाटी आसपास क्षेत्रलाई आधार बनाई गुण्डागर्दीमा संलग्न रहँदै आएका विष्णु लामालाई ईन्काउन्टर गर्दै पक्राउ गर्यो । अहिले पनि यो घटना प्रहरी मुख्यालयमा चर्चाको विषय बनेको छ । चर्चाको विषय बन्नुको कारण हो – यो घटना घट्दासम्म न त महानगरीय प्रहरीका आयुक्तको कार्यालय रानीपोखरीका डिआईजी विश्वराज पोखरेललाई जानकारी न त महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई नै थाहा थियो ।
यससम्बन्धी योजना काठमाडौं प्रमुख र भ्याली प्रमुखले थाहा नपाउनु वा नदिईएको विषयले मुख्यालयमा चर्चा पाएको हो । श्रोतका अनुसार ईन्काउन्टरमा वस्ताज मानिएका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको प्रत्यक्ष निर्देशनमा बाघको डमरुजस्ता महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले योजना बनाउँदै लामालाई पक्राउ गरेको थियो । योजना धेरैसँग शेयर गर्दा कुरा बाहिर जान सक्ने भन्दै गुप्त योजनाका साथ भएको यो ईन्काउन्टर घटनाले प्रहरी संगठनभित्र नयाँ तरंग ल्याएको छ भने मेट्रो वान कलसाईनका डीआईजी पोखरेल र किलोवान कलसाईनका एसएसपी सुवेदीमाथि पनि नैतिक प्रश्न उब्जिएको छ ।
गुण्डागर्दी पृष्ठभूमिका लामालाई प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा गएको टोलीले जम्बुडाडामा ईन्काउन्टर गरी पक्राउ गरेको थियो ।
जोरपाटी आसपासको क्षेत्रलाई आधार बताएर चन्दा, धाक–धम्की जस्ता अपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका गुण्डा नाईके लामामाथि दुई व्यक्तिलाई हत्या गरेको आरोप समेत लागेको छ उनले बौद्ध क्षेत्रमै एक १५ वर्षीय किशोरलाई चिरपट प्रहार गरी हत्या गरेको आरोप छ भने अर्का १७ महिने बालिकालाई सिन्धुपाल्चोकमा मारेको आरोप पनि लाग्दै आएको छ । उनीमाथि अर्का एक व्यक्तिलाई खुकुरी प्रहार गरेको मुद्धा समेत रहेको छ । ईन्काउन्टरमा घाईते लामाको अहिले ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]