२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

ईन्काउन्टर काण्डले रानीपोखरीदेखि प्रहरी मुख्यालयसम्म हलचल

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी सम्बादाता)
काठमाडौं नेपाल प्रहरीले गत आईतबार जोरपाटी आसपास क्षेत्रलाई आधार बनाई गुण्डागर्दीमा संलग्न रहँदै आएका विष्णु लामालाई ईन्काउन्टर गर्दै पक्राउ गर्यो । अहिले पनि यो घटना प्रहरी मुख्यालयमा चर्चाको विषय बनेको छ । चर्चाको विषय बन्नुको कारण हो – यो घटना घट्दासम्म न त महानगरीय प्रहरीका आयुक्तको कार्यालय रानीपोखरीका डिआईजी विश्वराज पोखरेललाई जानकारी न त महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई नै थाहा थियो ।
यससम्बन्धी योजना काठमाडौं प्रमुख र भ्याली प्रमुखले थाहा नपाउनु वा नदिईएको विषयले मुख्यालयमा चर्चा पाएको हो । श्रोतका अनुसार ईन्काउन्टरमा वस्ताज मानिएका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको प्रत्यक्ष निर्देशनमा बाघको डमरुजस्ता महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले योजना बनाउँदै लामालाई पक्राउ गरेको थियो । योजना धेरैसँग शेयर गर्दा कुरा बाहिर जान सक्ने भन्दै गुप्त योजनाका साथ भएको यो ईन्काउन्टर घटनाले प्रहरी संगठनभित्र नयाँ तरंग ल्याएको छ भने मेट्रो वान कलसाईनका डीआईजी पोखरेल र किलोवान कलसाईनका एसएसपी सुवेदीमाथि पनि नैतिक प्रश्न उब्जिएको छ ।
गुण्डागर्दी पृष्ठभूमिका लामालाई प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा गएको टोलीले जम्बुडाडामा ईन्काउन्टर गरी पक्राउ गरेको थियो ।
जोरपाटी आसपासको क्षेत्रलाई आधार बताएर चन्दा, धाक–धम्की जस्ता अपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका गुण्डा नाईके लामामाथि दुई व्यक्तिलाई हत्या गरेको आरोप समेत लागेको छ उनले बौद्ध क्षेत्रमै एक १५ वर्षीय किशोरलाई चिरपट प्रहार गरी हत्या गरेको आरोप छ भने अर्का १७ महिने बालिकालाई सिन्धुपाल्चोकमा मारेको आरोप पनि लाग्दै आएको छ । उनीमाथि अर्का एक व्यक्तिलाई खुकुरी प्रहार गरेको मुद्धा समेत रहेको छ । ईन्काउन्टरमा घाईते लामाको अहिले ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट […]

बाँके । बर्दिया र तराई क्षेत्रमा वर्षायाममा बबई नदीमा आउने बाढीले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउने गर्दछ। यस क्षेत्रको भौगोलिक बनावट र नदीको बहावका कारण बाढीको जोखिम उच्च छ। बाढीबाट बच्न र क्षति कम गर्नका लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ: पूर्व-तयारी: वर्षायाम सुरु हुनुअघि नै घरका सामानहरू सुरक्षित स्थानमा सार्ने, खाद्यान्न र […]

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् । २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक […]

error: Content is protected !!