२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मन्दिरको अपमान गर्दै प्युठान सिमेन्ट भक्तजन हरुको गुनासो

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

सागर थापा
दाङ माघ २ रिहार स्थित राम सीता मन्दिर नया टेन्टिङ्ग पेन्टिङ्गले निकै सिंगारिएको छ । मन्दिर भित्र राम, सीता र हनुमानका मुर्ती राखिएको छ भने बाहिर भित्तामा ठूलो-ठुला अक्षरमा प्युठान सिमेन्ट लेखेर सजाईएको छ । धार्मिक क्षत्र, त्यहीमाथी हरेकको अास्था बोकेको रामसीता मन्दिरमा सिमेन्टको बिज्ञापन अति सुहाउँदो छ । महेन्द्र राजमार्गदेखी दक्षिण साईडमा छ रामसीता मन्दिर । त्यस मन्दिरमा पुजापाठका लागि अाउने भक्तजनहरु भन्छन मन्दिरमा सिमेन्टको प्रचार सुहाएन ।
यो त भगवान र मदिराको अपमान हो भन्दै थिए माघी पर्बमा त्यहाँ मानिसको हुल अत्यधिक हुने भएकाले कम्पनीले अाफ्नो सिमेन्टको प्रचार प्रसारका लागि टेन्टिङ्ग पेन्टिङ्ग गरेको स्थानिय बताउँछन् । त्यसो त प्युठान सिमेन्टले सडक छेउँका हरेक बसप्रतिक्षा लयमा रँगरोगन गरिदिएको छ । रिहारको रामसीता मन्दिरमा पनि प्युठान सीमेन्टले पौषको १४ गते रँगरोगन गरिदिएको हो । धार्मिक क्षत्रमा सिमेन्टको बिज्ञापन नसुहाएको रिहारमेला ब्यबस्थापन समितिका सदस्य मानसिँह वलीले बताए । वलीले रँगरोगनको बारे अाफुलाई कुनै जानकारी नभएको बताए । पौष २३ गते वडाध्यक्ष रमेश केसीको अध्यक्षता मेला ब्यबस्थापन समिति गठन गरिएपनि त्यो भन्दा अघि बगारबाबा धार्मिक बिकाश क्षत्रले काम गर्दै अाएको थियो । बिकाश क्षत्रका अध्यक्ष मेघसिँह पछाईँ सँग रँगरोगनको बारे कुरा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]