२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले ६ महिनामा ११ सय ५६ मुदा दर्ता लागूऔषधको मुद्दा धेरै

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

(सागर थापा/महेन्द्र सिंह)
बाँके माघ ४ जिल्ला प्रहरी कार्यलय बाँकेको अर्धवार्षिक समिक्षा कार्यक्रम बाँके प्रहरीले अर्धवार्षिक समिक्षा कार्यक्रम गरेको छ । प्रहरी कार्यलय बाँकेले पत्रकार सम्मेलन गरी आफुले गरेको कामको समिक्षा गरेको हो । सम्मेलनमा नेपाल प्रहरीले घोषणा गरेको पांच वर्षिय अपराध तालिका अनुसार आफुहरुले काम गर्दै आएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै लागू औषध ब्युरो प्रमुख बाँकेका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले गत वर्ष १ हजार २१ वटा मुद्दा र्दता भएकोमा यस वर्ष भने १ हजार ५६ वटा मुद्दा दर्ता भएको बताए । बाँके प्रहरीले चुनौतिको रुपमा रहेको लागु औेषध १३ प्रतिशतले कमी भएको समेत जनाएको छ । बालबिबाहका घटनहरुदर्ता हुन नसकेको र जबरजस्ति घटनाका मुद्दा दर्तामा बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि बिर बहादुर वलीले बताए ।
प्रहरीले आर्थिक वर्ष २०७१ देखी २०७५ सम्म विभिन्न ६१ वटा शिर्षकमा दर्ता भएका अपराधको तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक तालिका अनुसार२०७०/ ०७१ मा ७३८, २०७१/०७२ मा ७३५,२०७२/०७३ मा ८५५, २०७३/०७४ मा १०२१ र २०७४/७५ मा ११५६ वटा मुद्दा दर्ता भएका छन । दर्ता भएका मुद्धामध्य सबैभन्दा बढि लागु औषधमा २ सय ४९, सार्वजनिक शान्ती विरुद्धको कसुरमा १ सय ४९ र बैंकिङ कसुरमा १ सय २२ जना रहेका छन ।
त्यसैगरी चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६२३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्धा फर्स्यौट भएको र बाँकी ५४ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको बाँकेका प्रमुख प्रहरी उपरिक्षक वलीले जानकारी दिए । वलीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा विभिन्न मुद्धामा ८०६ जना पक्राउ परेका छन ।
यस अवधिमा ज्यान मार्ने उद्योग अन्तर्गत १८, कर्तब्य ज्यान मुद्धामा ६, लागु औषध मुद्धामा १ सय ८, जवरजस्ती करणीमा २७, जवरजस्ती करणी उद्योगमा ७, बैंकिंङ कसुरमा ६ र हातहतीयार खजानामा ४ जना बिरुद्ध मुद्धा दर्ता गरीएको छ ।
ट्राफिक कारबाही लाई चुस्त दुरुस्त पार्न बाँकेको बिभिन्न ठाउँमा सिसि क्यामारा जडान गरियको र दुर्घटनामा कमि ल्याउने र दुर्घटना गरेर भाग्ने गाडीहरु लाई कार्वाही गर्न सजिलो हुने जनायको छ ।जस अन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने बाट ०७६/०७७मा १२६५० सवारी साधनमाथि कारबाही गरियको छ भने ६९ लाख ९ हजार राजस्व सङ्कलन गरियको छ ।
यसै संगै बाँके प्रहरीको प्रमुखको जिम्मेवारी सम्माहालेको ६ महिना पुगे को अबसरमा समिक्षा कार्याक्रमको आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!