२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा शनिबार क्रान्तिकारी माओवादीको भेला तथा प्रशिक्षण

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(ईश्वर गैरे)
दाङ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला समितिको आयोजनामा शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
पार्टीको जिल्ला सेक्रेटरी सरलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ५ सेक्रेटरी कमरेड प्रमोदले राष्ट्र अहिले गम्भीर सङ्कटमा परेको हुँदा देशभक्त शक्तिहरु मिलेर खबरदारी र आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए ।
उनले भारतीय पक्षले अतिक्रम गरेको भूमि फिर्ताको लागि र हालै सरकारले अमेरिकासँग गर्न लागेको एमसीसीका बिरुद्धमा सम्पूर्ण जनतालाई गोलबन्द गरि आन्दोलनको आँधी बेहरी सृजना गर्नुपर्ने बताए ।
पार्टीले कालापानी जाआंै अभियान समेत ल्याएको बताउँदै प्रशिक्षणमा सहभागी कार्यकर्तालाई केन्द्रीय योजना सफल पार्न तयारीका साथ अगाडि बढ्न निर्देशन समेत दिए ।
त्यसैगरी अर्कावक्ता नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज समीरले सीमा अतिक्रमणको बिषयमा गतबर्ष मेचीमहाकाली अभियान लगेर जनताको बीचमा गएको त्यस बेला मानिसहरुले विश्वास नगरेको र अहिले भारतीय पक्षले नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पुवाधुरा समेत गाभेर नक्सा जारी गरेपछि मात्र सिङ्गो देश अहिले जुरुक्क उठेको बताए ।
उनले भने – हाम्रा दुई बर्ष अगाडि देखिको आन्दोलन सत्य थियोे भन्नेकुरा पुष्टि भएको छ अबको भरोसा गर्ने पार्टी (क्रान्तिकारी माओबाद) हो भन्ने चर्चा समेत राष्ट्रिय स्तरमा भइरहेको छ जसले गर्दा पार्टीको योजना सफल पार्न दाङ जिल्ला पार्टी गाउँ गाउँमा जानु पर्ने बेला आएको छ ।
जिल्ला सक्रेटरी सरलले जिल्लाको संगठनको अवस्था र हामीले गर्ने पर्ने कामका बिषयमा प्रशिक्षण दिएका थिए भने स्वागत मन्तब्य अजयले राखेका थिए ।
कार्यक्रम परिवर्तनको सञ्चालनमा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!