२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सल्यान प्रहरीले अनुमतिपत्र नभएका अटोरिक्साहरु नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

सागर थापा (क्राईमबिट) जिल्ला प्रहरी कार्यालय सल्यानले अनुमति नलिई सञ्चालन भइरहेका अटोरिक्सालाई नियन्त्रणमा लिएको छ ।
सल्यानमा एक वर्षदेखि अटोरिक्सा चलिरहेका छन् । धेरैजसो अटोरिक्सा चालक अनुमतिपत्र नभई चलाइराखेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । अहिले सल्यान जिल्लामा ७५ वटा अटोरिक्सा सञ्चालनमा छन् ।
जसमध्ये ३५ वटा अटोरिक्सा सञ्चालकको चालक अनुमतिपत्र छैन । तिनैमध्ये २४ वटा अटोरिक्सा नियन्त्रणमा लिएको डिएसपी खतिवडाले बताए । सडक दुर्घटना न्यूनीकरणका लागि अनुमतिपत्र नलिएका अटोरिक्सा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक लक्ष्मणले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!