२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

पोखरा यातायातमा अख्तियारको स्टिङ्ग अप्रेसन सेटिङ गर्ने कर्मचारीको खोजी

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(एबिसी संचार)
पोखरा माघ ७ पोखराको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र वितरणमा सेटिङ भएको भन्दै अख्तियार पोखराले मंसिर र पुस २ महिनाको फाइल तानेर दर्ता गरेको छ । अख्तियारले यातायात ब्यवस्था कार्यालय लाइसेन्स शाखामा पनि लाखौ रुपैयाँ घुस लेनदेन सहित सेटिङ गरेर परिक्षामा पास गराइने गरेको रहस्य पनि खुलेको छ ।
यातायात ब्यवस्था कार्यालय लाइसेन्स शाखा पोखरामा गत दुई महिनामा धेरैको लाइसेन्समा अनियमितता भएको भन्दै अख्तियार कार्यालय पोखराले फाइल तानेको हो । अख्तियार श्रोतका अनुसार गत २ महिनामा करीब ५० वटा भन्दा बढि लाइसेन्स बनाउन आर्थिक चलखेल गर्दै लाइसेन्स वितरण गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
लाइसेन्स बनाउँदा बिचौलियाको माध्यमबाट पैसाको कारोवार हुने तथा लाखौ रुपैया असुलेर लाइसेन्स बाँडेको आरोप यातायात कार्यालयलाई लागेको छ । दोष कस्को हो ? र कसरी आफु उम्कीन सकिन्छ भनेर कर्मचारीहरु जुक्त्ती लगाइरहेको केही कर्मचारीहरुले नाम नबताउने शर्तमा न्युज २४ टिमलाई बताए ।
यातायात कार्उालयका निमित्त कार्यालय प्रमुख हरि प्रसाद गौतमका अनुसार आफ्नो ९ महिने कार्यकालमा कुनै त्यस्तै गलत कार्य नभएको जिकिर गरेका छन् । उनले आफुलाई त्यस्तो सुचना आएमा मातहतका कर्मचारीलाई कारवाही गर्ने बताए ।
लाइसेन्सको लिखित तथा ट्रायलका लागि यातायात ब्यवस्था कार्यालय र सघीय ट्राफिक प्रहरी कार्यालयको उपस्थीतिमा परिक्षा गराइन्छ । यसरी गरिएको परीक्षामा आर्थिक चलखेल गरेर बिचौलियाको सेटिङमा यातायात कार्यालयका कर्मचारी र ट्राफिकको संलग्नता हुनसक्ने आशंका गरिएको छ । गत मंसिर र पुसमा भएको परिक्षाको रेकर्ड र उतिर्ण संख्या हेर्ने हो भने करिव ५० वटा लाइसेन्समा अनियमितता भएको श्रोतको दाबी छ ।
उक्त परिक्षाको सेटिङमा प्रति लाइसेन्स ३० हजारदेखि पचास हजारसम्म लिने गरेको नाम नखुलाउने शर्तमा सेवाग्राही नै बताउँछन् । परीक्षामा नै अख्तियारका केही कर्मचारीको मिलेमतो रहने गरेको आरोप अख्तियारलाई पनि लागेको छ । पछिल्लो केही महिना यता अख्तिायारमा पैसा लिने कर्मचारीको खोजी स्वयं अख्तियार कार्यालयले नै गरिरहेको छ । यो बर्ष कार्यालयमा सेटिङ नभएको र हालका अख्तियार प्रमुख र अख्तियारका डिएसपीले भ्रष्टाचारलाई कडाइ गरेका कारण मिलेमतोको घटना बाहिर आएको हो ।
हेभि भेहिकल तथा साना ठुला हरेक सवारी साधनको लाइसेन्समा सेटिङ गरिरहेको बेला यातायात कार्यालय पोखराका कर्मचारी तथा ट्राफिक प्रहरी समातिएको घटना सेलाउन नपाउँदै फेरी अख्तियारले कागजपत्र तानेको छ ।
यदि यो बिषयमा अख्तियारले शुक्ष्म अनुसन्धान गर्न सफल भयो भने यातायात कार्यालय पोखराका ७० प्रतिशत कर्मचारी यसमा संलग्न भएको पुष्टि हुने आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

error: Content is protected !!