०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

जेनजी आन्दोलनमा पक्राउलाई यातना दिएको उजुरीपछि राष्ट्रिय मानवअधिकार आयोगद्वारा प्रहरी हिरासत अनुगमन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । जेनजी युवाको प्रदर्शनमा सहभागीहरुलाई नियन्त्रणमा लिएर यातना दिएको र दुर्व्यवहार गरेको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतको निरीक्षण गर्ने भएको छ ।

आयोगले गत विहीबार र शुक्रबार हिरासतहरुको निरीक्षण गरेको हो । निरीक्षणको रिपोर्ट भने सार्वजनिक हुन बाँकी छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले अनलाइनखबरसँग भने, ‘विहीबार र शुक्रबारको निरीक्षणमा के पाइयो भन्ने कुरा मैले बुझ्न पाएको छैन । आज म बुझ्छु ।’

गत भदौ २३ र २४ गते भएको जेनजी युवाको प्रदर्शनको क्रममा हिंसात्मक घटना भएको थियो । आन्दोलमा ७६ जनाको मृत्यु भएको थियो । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रहरी कार्यालयसहितका सरकारी, निजी संरचनामा आगजनी, लुटपाट र तोडफोड भएको थियो

हिंसात्मक घटनामा संलग्नहरुलाई प्रहरीले खोज्ने र पक्राउ गर्ने काम गर्दै आएको छ । पक्राउ परेकाहरुलाई हिरासतमा यातना दिइएको उजुरी आयोगमा परेपछि आयोगले त्यसमा चासो राख्दै अनुगमन गरेको हो ।

आयोगले जेनजी पुस्ताको आन्दोलनको भएका मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान पनि गरिरहेको जनाएको छ । आयोगले मानव उल्लंघन घटनाका श्रव्यदृष्य सामग्री (भिडियो), कागजात वा अन्य प्रमाणभए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!