१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

निर्वाचनलाई लक्षित गरि नेपाल प्रहरीको प्रदेश डिआईजीहरुको हेरफेरको तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । गृहमन्त्रालयले चुनावलाई लक्षित गरी प्रदेश र केही जिल्लाका प्रहरी प्रमुख सरुवाको तयारी गरेको छ । कमजोर कार्यक्षमता भएका डीआईजी,एसपी र डीएसपीलाई अवधि नपुगी हटाउन लागिएको छ ।

कोशी प्रदेशमा डीआईजी पद खाली भइसकेको छ । त्यहाँ कार्यरत ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस भइसकेका छन् । त्यस्तै, बागमतीका अरुण पौडेल, लुम्बिनीका राजेन्द्र भट्ट र कर्णालीका माधव श्रेष्ठको सरुवा हुने सम्भावना रहेको स्रोत बताउँछ ।

उनीहरुलाई यसअघि रमेश लेखकले त्यहाँ पठाएका थिए । नयाँ सरकार बनेपछि पनि तराईमा तस्करी नरोकिएको रिपोर्टिङ गृह मन्त्रालयमा छ ।

कोशी प्रदेशमा जानका लागि अबिनारायण काफ्ले लागि परेका छन् । त्यस्तै, बिनोद घिमिरे पनि प्रदेश जान लबिइङमा छन् । हालै बढुवा भएका भूपेन्द्र खत्री, ओम अधिकारी, सानुराम भट्टराईमध्येबाट पनि प्रदेश पठाउने बारे छलफल भइरहेको छ ।

त्यस्तै, तराईका जिल्लामा कार्यरत केही एसपीको पनि सरुवा गर्न लागिएको छ । बाराका एसपी सन्तोष तामाङविरुद्ध धेरै उजुरी परेका छन् । निर्वाचनलाई लक्षित गरी विगतमा चलखेलका आधारामा गएका प्रहरी इन्चार्जलाई हटाउन लागिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!