१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

निर्वाचनलाई लक्षित गरि नेपाल प्रहरीको प्रदेश डिआईजीहरुको हेरफेरको तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । गृहमन्त्रालयले चुनावलाई लक्षित गरी प्रदेश र केही जिल्लाका प्रहरी प्रमुख सरुवाको तयारी गरेको छ । कमजोर कार्यक्षमता भएका डीआईजी,एसपी र डीएसपीलाई अवधि नपुगी हटाउन लागिएको छ ।

कोशी प्रदेशमा डीआईजी पद खाली भइसकेको छ । त्यहाँ कार्यरत ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस भइसकेका छन् । त्यस्तै, बागमतीका अरुण पौडेल, लुम्बिनीका राजेन्द्र भट्ट र कर्णालीका माधव श्रेष्ठको सरुवा हुने सम्भावना रहेको स्रोत बताउँछ ।

उनीहरुलाई यसअघि रमेश लेखकले त्यहाँ पठाएका थिए । नयाँ सरकार बनेपछि पनि तराईमा तस्करी नरोकिएको रिपोर्टिङ गृह मन्त्रालयमा छ ।

कोशी प्रदेशमा जानका लागि अबिनारायण काफ्ले लागि परेका छन् । त्यस्तै, बिनोद घिमिरे पनि प्रदेश जान लबिइङमा छन् । हालै बढुवा भएका भूपेन्द्र खत्री, ओम अधिकारी, सानुराम भट्टराईमध्येबाट पनि प्रदेश पठाउने बारे छलफल भइरहेको छ ।

त्यस्तै, तराईका जिल्लामा कार्यरत केही एसपीको पनि सरुवा गर्न लागिएको छ । बाराका एसपी सन्तोष तामाङविरुद्ध धेरै उजुरी परेका छन् । निर्वाचनलाई लक्षित गरी विगतमा चलखेलका आधारामा गएका प्रहरी इन्चार्जलाई हटाउन लागिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!