१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

सुरक्षाको नाममा पर्यटकसँग दोहोरो चेकजाँच गर्दै आएको प्रचलन हटाउन नयाँ व्यवस्था लागू गर्दै प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर ०३, २०८२

पर्सा । वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनलाई अब सीमाक्षेत्रमा एक पटक मात्र सुरक्षा जाँच गरी देशभित्र पुनः जाँच गर्न नपर्ने व्यवस्था आजदेखि लागू भएको हो ।

नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साले सीमाक्षेत्रमै सम्पूर्ण कागजात जाँच, भन्सार प्रक्रिया र आवश्यक व्यवस्थापन गर्ने प्रणाली गतिशील रूपमा लागू गरेको छ ।

प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकका अनुसार, सीमामा जाँच पूरा भएपछि उक्त सवारी साधनको नम्बर, कागजात विवरण र सूचनाहरू प्रदेशभित्रका सम्बन्धित प्रहरी चौकी तथा कार्यालयमा पूर्व–सूचना स्वरूप पठाइनेछ । “यसपछि मधेस प्रदेशका अन्य नाकामा पुनः रोकावट वा चेकजाँच गरिने छैन,” एसपी पाठकले जानकारी दिए ।

उनका अनुसार यतिअघि चेकजाँचको नाममा भारतीय नम्बरका सवारी साधनमा यात्रासहित आउने पर्यटकहरूलाई अनावश्यक झन्झट र समय बर्बाद हुने गरेको गुनासो बढ्दै आएको थियो । सुरक्षालाई ध्यानमा राख्दै यात्रुलाई सहज र सम्मानजनक सेवा दिन नयाँ विधि लागू भएको उनले बताए ।

पर्यटन प्रवद्र्धनमा सहयोग

नयाँ व्यवस्थाले वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने पर्यटकमैत्री वातावरण निर्माण गर्ने विश्वास प्रहरीले लिएको छ । एसपी पाठकले भने, ‘यो व्यवस्था लागू भएपछि यात्रु–अनुकूल वातावरण बन्नेछ र यसले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक टेवा पु¥याउनेछ ।’ यससँगै विदेशी सवारी व्यवस्थापन र नाका अनुगमन प्रक्रियालाई आधुनिक, सरल र व्यवस्थित बनाउन प्रहरीले दीर्घकालीन संरचनागत सुधारको तयारी गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!