१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

सरकारले सशस्त्र प्रहरी बलमा ३ जना डीआईजीको दरबन्दी थप गर्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर ०३, २०८२

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीका अतिरिक्त दरबन्दी स्वीकृत गर्दै संगठनलाई थप प्राविधिक तथा संरचनात्मक रूपमा सुदृढ बनाउने निर्णय गरेको हो ।

यसअघि सशस्त्र प्रहरीमा २ जना प्राविधिकसहित १८ जना डीआईजी दरबन्दी थिए । नयाँ तीन दरबन्दी थपिएसँगै अब डीआईजीको संख्या २१ पुगेको छ।

थपिएको दरबन्दीमध्ये एक जना डीआईजी सशस्त्र प्रहरीको कानुन महाशाखामा रहनेछन् । कानुन महाशाखालाई निर्देशनालयमा रूपान्तरण गर्ने निर्णयसँगै अब यसका प्रमुख डीआईजी रहनेछन् । यसअघि सो महाशाखाको नेतृत्व एसएसपीले गर्दै आएका थिए।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा समेत एक डीआईजीको नयाँ दरबन्दी थपिएको छ । यस ब्युरोमा पनि एसएसपी नै प्रमुख रहने व्यवस्था थियो ।

थप गरिएको तेस्रो डीआईजी दरबन्दी सशस्त्र प्रहरी मुख्यालयअन्तर्गत कार्य तथा प्रशासन विभागमा रहनेछ । मन्त्रिपरिषद् बैठकले निलबाराही गणलाई दंगा नियन्त्रण गणका रूपमा पुनर्संरचना गर्ने निर्णय पनि गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!