१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सरकारले सशस्त्र प्रहरी बलमा ३ जना डीआईजीको दरबन्दी थप गर्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर ०३, २०८२

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीका अतिरिक्त दरबन्दी स्वीकृत गर्दै संगठनलाई थप प्राविधिक तथा संरचनात्मक रूपमा सुदृढ बनाउने निर्णय गरेको हो ।

यसअघि सशस्त्र प्रहरीमा २ जना प्राविधिकसहित १८ जना डीआईजी दरबन्दी थिए । नयाँ तीन दरबन्दी थपिएसँगै अब डीआईजीको संख्या २१ पुगेको छ।

थपिएको दरबन्दीमध्ये एक जना डीआईजी सशस्त्र प्रहरीको कानुन महाशाखामा रहनेछन् । कानुन महाशाखालाई निर्देशनालयमा रूपान्तरण गर्ने निर्णयसँगै अब यसका प्रमुख डीआईजी रहनेछन् । यसअघि सो महाशाखाको नेतृत्व एसएसपीले गर्दै आएका थिए।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा समेत एक डीआईजीको नयाँ दरबन्दी थपिएको छ । यस ब्युरोमा पनि एसएसपी नै प्रमुख रहने व्यवस्था थियो ।

थप गरिएको तेस्रो डीआईजी दरबन्दी सशस्त्र प्रहरी मुख्यालयअन्तर्गत कार्य तथा प्रशासन विभागमा रहनेछ । मन्त्रिपरिषद् बैठकले निलबाराही गणलाई दंगा नियन्त्रण गणका रूपमा पुनर्संरचना गर्ने निर्णय पनि गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!