१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

बाराको सिमरामा प्रदर्शनकारीहरूले कर्फ्यूको अवज्ञा गर्दै सिमरा र जितपुर क्षेत्र तनावग्रस्त

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ०४, २०८२

बारा । सिमरामा जेनजी युवाहरूले प्रशासनसँग वार्तामा आउन अस्वीकार गरेका छन् भने कर्फ्यूको अवज्ञा गर्दै भएको प्रदर्शनका कारण सिमरा र जितपुर क्षेत्र तनावग्रस्त बनेको छ।

बारा प्रशासनले बिहीबार पनि कर्फ्यू आदेश जारी गरे पनि जेनजी युवाहरूले अवज्ञा गरेका छन्।

सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

तर, कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर गरेको छ।

प्रहरीमाथि पनि प्रदर्शनकारीले व्यापक ढुंगामुढा गरेका छन्।

यस क्रममा ४ जेनजी र ६ जना प्रहरी घाइते भएका छन्।

सिमरा चोकबाट प्रदर्शनकारी युवाहरूको एक समूह विमानस्थलतर्फ अगाडि बढ्न खोजेपछि स्थानीयबासीले रोकेका छन्।

सिमरा बजारस्थित प्रहरीको बिट जेनजी प्रदर्शनकारीहरूले जलाइदिएका छन्। एमाले कार्यालयका सामान बाहिर निकालेर जलाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!