१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाराको सिमरामा प्रदर्शनकारीहरूले कर्फ्यूको अवज्ञा गर्दै सिमरा र जितपुर क्षेत्र तनावग्रस्त

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ०४, २०८२

बारा । सिमरामा जेनजी युवाहरूले प्रशासनसँग वार्तामा आउन अस्वीकार गरेका छन् भने कर्फ्यूको अवज्ञा गर्दै भएको प्रदर्शनका कारण सिमरा र जितपुर क्षेत्र तनावग्रस्त बनेको छ।

बारा प्रशासनले बिहीबार पनि कर्फ्यू आदेश जारी गरे पनि जेनजी युवाहरूले अवज्ञा गरेका छन्।

सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

तर, कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर गरेको छ।

प्रहरीमाथि पनि प्रदर्शनकारीले व्यापक ढुंगामुढा गरेका छन्।

यस क्रममा ४ जेनजी र ६ जना प्रहरी घाइते भएका छन्।

सिमरा चोकबाट प्रदर्शनकारी युवाहरूको एक समूह विमानस्थलतर्फ अगाडि बढ्न खोजेपछि स्थानीयबासीले रोकेका छन्।

सिमरा बजारस्थित प्रहरीको बिट जेनजी प्रदर्शनकारीहरूले जलाइदिएका छन्। एमाले कार्यालयका सामान बाहिर निकालेर जलाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!