१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पत्रकार एवं उपन्यासकार सविन प्रियासनको (उपन्यास) प्रकाशनमा पहिलो बन्ने दौडमा,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

काठमाडौँ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार सविन प्रियासन पहिलो बन्ने दौडमा हुनुहुन्छ l यसै वर्ष दुईवटा उपन्यास प्रकाशित गरिसक्नुभएका उपन्यासकार प्रियासनले यही मङ्सिर महिनामा नयाँ लुगा उपन्यास प्रकाशित गर्न लाग्नुभएको छ l नयाँ लुगा उपन्याससँगै प्रियासनको १३ वटा उपन्यास बजारमा आउनेछन् l त्यस लगत्तै यसै वर्ष के पाए के गुमाए शीर्षकमा उपन्यास बजारमा ल्याउने उहाँले बताउनुभयो l हाल बजारमा ८३ वर्षीय उपन्यासकार ध्रुवचन्द्र गौतमको २८ वटा उपन्यास प्रकाशित छन् l उहाँ नेपालकै सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार हुनुहुन्छ। त्यसपछि प्रियासनका १२ वटा उपन्यास प्रकाशित भएका छन् l नेपालकै सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार अबको पाँच छ वर्षभित्रमा बनिसक्ने प्रियाशनको योजना छ । प्रियाशनको यही मङ्सिर महिनामा नयाँ लुगा उपन्यास बजारमा आउँदैछ। त्यसको लगत्तै उहाँले के पाए के गुमाए उपन्यास प्रकाशित गर्ने जनाउनु भएको छ । सामाजिक परिवेशमा आधारित के पाए के गुमाए उपन्यासमा सामाजिक गतिविधिहरूमा सहभागिता जनाउँदा गरिने संघर्ष, सङ्घर्ष पछीको सफलता अनि त्यागमा आधारित हुनेछ । २०० बढी पृष्ठमा प्रकाशित गरिने उक्त उपन्यास फरक धारबाट लेख्न लागिरहेको उपन्यासकार प्रियासनको भनाइ छ । यो उपन्यासमा पात्रहरूलाई धेरै कोणबाट बाहिर ल्याइने प्रियासनको भनाइ छ । सम्भव त उपन्यास माघ महिनाभित्रमा बजारमा आउने प्रियासनले दाबी गर्नुभयो । उपन्यासकार प्रियाशनको हालसम्म १२ वटा उपन्यास प्रकाशित भएका छन् भने नयाँ लुगा यही मङ्सिर महिनामा प्रकाशित हुँदैछ। प्रियासनले एउटा कथा संग्रह र सम्पादकीयको संग्रह पनि प्रकाशित गरिसक्नुभएको छ। के पाए के गुमाय उपन्यासले सामाजिक कार्यमा सङ्घर्षशील व्यक्तित्वहरूलाई अगाडि बढ्नको लागि सहयोग पुर्‍याउने प्रियासनको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!