१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ लुम्बिनीको आग्रह,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ लुम्बिनीको आग्रह

भालुबाङ, ५ मंसिर । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

महासङ्घ लुम्बिनी प्रदेश समितिको शुक्रबार बिहान भालुवाङमा बसेको बैठकले पछिल्लो समय पत्रकारहरूलाई सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट निरुत्साहित पार्ने गतिविधि बढ्दै गएको निष्कर्ष निकालेको महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो । अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा बसेको बैठकले सबै पत्रकारहरूलाई पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै निर्भीकतापूर्वक आफ्नो दायित्व निर्वाह गर्न अनुरोध गरेको छ ।

“पछिल्लो समय आफूलाई मन नपर्ने राजनीतिक दलसँग सम्बन्धित समाचारहरू प्रकाशित वा प्रसारित भएलगत्तै सामाजिक सञ्जालमा केही व्यक्तिहरूले पत्रकारहरूलाई गालीगलौज र अपशब्द प्रयोग गर्ने, मानसिक रूपमा त्रास सिर्जना गर्ने कार्य भइरहेको छ,” महासचिव शर्माले भन्नुभयो, “प्रेसमाथि भइरहेका यस्ता मनोवैज्ञानिक आक्रमणले लोकतन्त्र तथा मानवअधिकारमै आँच पुर्‍याइरहेको छ।”

कुनै पनि सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझेमा कानुनी तथा न्यायिक प्रक्रियामार्फत समाधान गर्न सकिने पर्याप्त माध्यमहरू उपलब्ध रहेको उल्लेख गर्दै महासङ्घले ती विकल्पको प्रयोग गर्न आम जनसमुदायलाई आग्रह गरेको छ ।

बैठकले पत्रकार महासङ्घले घोषणा गरेको प्रदेशस्तरीय कल्याणकारी कोषका लागि आवश्यक स्रोत वृद्धि गर्ने विषयमा सरकार तथा सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ । साथै लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, प्रदेशका सबै जिल्लामा समानुपातिक तथा समावेशी ढङ्गले वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस उद्देश्यका लागि सचिव गोविन्द प्रसाद शर्माको संयोजकत्वमा कोषाध्यक्ष प्रेम नारायण आचार्य र कार्यसमिति सदस्य निर्मल आचार्य रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । बैठकले चालु आर्थिक वर्षमा विनियोजित बजेट सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूको हितमा अधिकतम प्रयोग हुने गरी प्रदेश सरकारसँग आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!