२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोहलपुर प्रहरीले बलात्कार मुद्दाको फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(एबिसी संचार)
कोहलपुर माघ ७ ईलाका प्रहरी कार्यालय कोहलपुरले बलात्कार मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ। बलात्कार मुद्धामा ३ वर्ष जेल सजाय सुनाईएका कोहलपुर नगरपालिका वडा नं १३ का योगेश खत्रीलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत तुल्सीपुर ईजलास नेपालगन्जले वि।सं। २०७५/०१/२५ गते बलात्कार मुद्धामा दोषी ठहर्याई खत्रीलाई ३ वर्ष जेल सजाय तोकेको थियो । अदालतको फैसला लगत्तै फरार भएका खत्रीलाई डेढ वर्षपछि उनकै घरबाट पक्राउ गरीएको हो । कोहलपुर नगरपालिका वडा नं। १३ खड्कवार बस्दै आएका ४१ वर्षिय खड्कालाई आज बिहान १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले बताएका छन। पक्राउ परेका खत्रीलाई मंगलबार नै अदालत उपस्थित गराईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!