०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

नेकपा एमाले नेताहरुमाथि व्यंग्य गर्दै भिडियो बनाएका टिकटकर अर्जुन खड्कामाथि आक्रमण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०६, २०८२

काठमाडौं । गत मंगलबार भक्तपुर बस्ने कोरियोग्राफर अर्जुन खड्काले एउटा व्यंग्यात्मक भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरे ।

जसमा ‘एमालेले कार्यकर्ता उतार्न पेट्रोलको कुपन बाँडेको’ विषयमा मात्रै व्यंग्य कसिएको छैन एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रश्न उठाइएको छ । जसमा ओलीलाई ‘जेन-जी मारेर के पायौ ?’ भनेर र्‍याप शैलीमा प्रश्न गरिएको छ ।

२९ कात्तिकमा एमालेद्वारा सिरहा सदरमुकाममा आयोजित कार्यक्रममा मानिसको भिड देखाउन इन्धन वितरण गरिएको समाचार सार्वजनिक भएको थियो । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले मोटरसाइकल र्‍याली गरेको थियो । समाचारमा मान्छे उतार्न इन्धन बाँडिएको पेट्रोलको कुपनको तस्बिरसमेत प्रकाशित भएको थियो ।

यही तस्बिर खड्काले आफूले बनाएको टिकटकमा प्रयोग गरेका छन् । यही भिडियो सार्वजनिक भएको भोलिपल्ट खड्का आक्रमणमा परे । उनले आफू कुटपिटमा परेको कुरा सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेपछि के कन्टेन्ट क्रिएटरहरु सुरक्षित छन् भन्ने बहसको थालनी भएको छ । सँगै, आक्रमण गर्नेहरु को हुन् भन्ने खोजी पनि सुरु भएको छ ।

खड्काले आफ्नी आमा सुशीलालाई समेत प्रयोग गरेर विभिन्न भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको देखिन्छ । उनले त्यस दिन आफूले जेन-जी आन्दोलनमा ७६ जनाको ज्यान गएको र यस्तो अवस्थामा पनि कुनै एउटा पार्टीले कार्यकर्ता लोभ्याउन इन्धन बाँडेको खबर सुनेपछि त्यसको विरोध गर्न भिडियो बनाएको बताए ।

आमा र आफ्नो डान्स सेन्टरमा आउने विद्यार्थीलाई साथलमा लिई भिडियो बनाएकै कारण कुटाइ खाएको उनको भनाइ छ । उनी लोकन्थलीमा डान्स सेन्टर चलाउँछन् । भिडियो बनाएको भोलिपल्ट राति ९ बजेतिर कोठा फर्किने क्रममा पाँच जना अपरिचितले कुटपिट गरेको उनको भनाइ छ । ‘म सधैंझैं कक्षा सकेर फर्किंदै थिएँ । घर पुग्न लाग्दा एक समूहले मलाई ओ भाइ भनेर बोलायो । म पुगेँ । पुग्नेबित्तिकै गालामा एकजनाले हान्यो । पछि सबै जना मिलेर कुट्न थाले,’ उनले सुनाए, ‘स्थानीय मान्छे जम्मा भएपछि उनीहरू भागे ।’ कुट्नेहरुले ‘जे पायो त्यही भिडियो बनाउँछस्, झोले भन्छस्’ भन्दै कुटेको उनले बताए ।

कुटपिटपछि आफू बेहोसजस्तै बनेको उनको भनाइ छ । यो घटनापछि डरकै कारण आफू प्रहरीमा जान समेत नसकेको उनले बताए । ‘म सामान्य मान्छे हो। त्यतिबेला डर लागेर बोलिएको थिएन। परिवारले सुरक्षाका लागि बोल्नुपर्छ भन्ने कुरा गर्नुभएको छ,’ उनले भने, ‘कानुनी प्रक्रिया धेरै थाहा छैन । आज कुट्नेले भोलि जे पनि गर्न सक्छन् भनेर डराएको छु ।’

क्रिएटरहरुको सहयोग

उनले सो भिडियो कतिबेला अपलोड गरेका रहेछन् भनेर ‘पपस्टार’ डिजिटल टुलमा चेक गर्दा बुधबार बिहान ८ बजेर १७ मिनेटमा अपलोड गरेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडियो ३४ लाख पटक हेरिएको छ । तीन सयभन्दा धेरै रिएक्ट, तीन हजारभन्दा बढी कमेन्ट देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!