१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सुदन गुरुङ प्रहरीको गोप्य निगरानीमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०६, २०८२

काठमाडौं । जेनजीका अगुवा तथा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङ कुनै समय दैनिकजसो गृह मन्त्रालयमा हुन्थें । अहिले दैनिक गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिरहेका छन् ।हाल तराईको भ्रमणमा रहेका उनले कहिले फेसबुकमा लेखेर त कहिले कार्यक्रममा बोलेर गृहमन्त्री अर्यालको खेदो खनिरहेका छन् । केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ नगरेकोमा उनको आक्रोश देखिन्छ ।

गृहमन्त्री एमालेको बन्दै गएको आरोप उनको छ । गृहमन्त्रीको राजीनामा माग्ने सुदनलाई प्रहरीले भने गोप्य निगरानीमा राखेको स्रोत बताउँछ ।
उनका हरेक दिनको गतिविधि बुझ्न प्रहरीलाई निर्देशन दिइएको छ। जसकारण काठमाडौंमा हुँदा वा बाहिर जाँदा उनको वरिपरी सुराकी परिचालन हुने गरेका छन्।प्रहरी नेतृत्वले नै उनका गतिविधिमाथि निगरानी गर्दै आएको सुदन निकट एक जेनजीका युवाले अनलाइन नेपालसँग बताए ।गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन अनुसार आईजीपी दानबहादुर कार्कीले सुदनका गतिबिधि बुझ्नका लागि गोप्य रुपमा प्रहरीको टोली परिचालन गरेको ती युवाले बताए ।

प्रहरी प्रधान कार्यालयका अधिकारीले भने यसबारेमा केही बताउन चाहेका छैनन् । उनले कसलाई भेट्छन्, के सल्लाह गर्छन् भन्ने विषय प्रहरी हुँदै गृह मन्त्रालय पुग्ने गरेको छ ।गृहमन्त्रीविरुद्ध केही जेनजी अगुवालाई उचालेर उनले राजीनामाका लागि दबाब दिने योजना बनाएका छन् । अहिले उनी तराईमा बसेर आन्दोलनदेखि अन्य योजना बनाइरहेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले पनि सोही अनुसार रणनीति बनाएको बुझिएको छ ।

सबैभन्दा अचम्म लाग्दो कुरो त के छ भने जेनजी युवाकै बलमा गृहमन्त्री बनेका ओमप्रकाश अर्यालको राजीनामा माग्दै गाएका सुदन गुरुङ अहिले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग नजिकिएका छन् ।करिब १४ वर्ष पुग्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुलको स्थलगत अनुगमनमा मन्त्री घिसिङले शुक्रबार सुदनलाई संगै बोकेर हिँडेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

error: Content is protected !!