२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

चराचुरुङ्गी संरक्षणका लागि सामुदायिक वनकाे कार्ययाेजनामा हुनुपर्नेमा जोड,

Logo
बिदुर एमसी प्रकाशित आइतबार, मंसिर ०७, २०८२

दाङ । देउखुरीका सामुदायिक वन समूहका अगुवाहरूलाई सामुदायिक वनकाे कार्ययाेजनामा जैविक विविधता र पारिस्थिकीय सेवा समावेश बिषयमा एकदिने कार्यशाला गाेष्ठी देउखुरीकाे लमहीमा सम्पन्न भएकाे छ ।

आइतबार अपरान्ह दाङको देउखुरीस्थित भुसाल होटल एण्ड गेष्ट हाउसको सभाहलमा नेपाल पंक्षी संरक्षण संघ काठमाडौं र डिभिजन वन कार्यालय देउखुरी लमही दाङकाे संयुक्त आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि सामुदायिक वन समूहकाे कार्ययाेजना जैविक विविधता पारिस्थिकीय सेवा सम्बन्धि गाेष्ठी सम्पन्न भएकाे हाे ।

देउखुरीमा रहेका सामुदायिक वन समूहका अगुवाहरूलाई चरा, जैविक विविधता क्षेत्रको बारेमा जानकारी दिई चरा संरक्षण र तिनीहरूको बासस्थानको पनि संरक्षणका लागि सामुदायिक वन समूहहरूले कार्ययाेजनामा समावेशका लागि टेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संघका परियाेजना अधिकृत भुपाल नेपालीले जानकारी दिए । पंक्षी संरक्षण संघद्वारा सञ्चालित परियोजना तथा महत्त्वपूर्ण चरा र जैविक विविधता क्षेत्र संरक्षण को विषयमा विस्तृत रुपमा अधिकृत नेपालीले जानकारी गराएका थिए ।

उक्त अवसरमा सव-डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत धुब्रप्रसाद थारूले चरा संरक्षणका लागि सामुदायिक वन समूहले बनाउने कार्ययाेजनामा समावेश गर्नुपर्ने, बनेका कार्ययाेजना फेरबदल गर्ने र कार्य याेजनामा चरा संरक्षणकाे बिषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने गरि प्रस्तुतिकरण दिएका थिए । साथै सहभागी सामुदायिक वन समूहका पदाधिकारीहरूले अब बनाउने कार्ययाेजनामा उच्च प्राथमिकता दिएर चरा संरक्षणकाे बिषयबस्तुलाई समावेश गर्नका लागि उपस्थित सबैले प्रतिबद्धता जनाएका छन् ।

सोही कार्यशाला गोष्ठीमा नेपाल पंक्षी संरक्षण संघद्वारा सञ्चालित जिविकाेपार्जन तथा संरक्षण संयाेजन कार्यक्रम अन्तर्गत दाङकाे देउखुरीमा रहेका राजपुर, गढवा गाउँपालिका तथा लमही नगरपालिकाका सात वटा सामुदायिक वन समूहका दुई दर्जनभन्दा धेरै संख्यामा पदाधिकारीहरूको सकृय सहभागिता रहेको थियाे । भने संघका परियाेजन फिल्ड अधिकृत पृथ्वी चाैधरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!