१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

चराचुरुङ्गी संरक्षणका लागि सामुदायिक वनकाे कार्ययाेजनामा हुनुपर्नेमा जोड,

Logo
बिदुर एमसी प्रकाशित आइतबार, मंसिर ०७, २०८२

दाङ । देउखुरीका सामुदायिक वन समूहका अगुवाहरूलाई सामुदायिक वनकाे कार्ययाेजनामा जैविक विविधता र पारिस्थिकीय सेवा समावेश बिषयमा एकदिने कार्यशाला गाेष्ठी देउखुरीकाे लमहीमा सम्पन्न भएकाे छ ।

आइतबार अपरान्ह दाङको देउखुरीस्थित भुसाल होटल एण्ड गेष्ट हाउसको सभाहलमा नेपाल पंक्षी संरक्षण संघ काठमाडौं र डिभिजन वन कार्यालय देउखुरी लमही दाङकाे संयुक्त आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रबासी चराहरूकाे संरक्षणका लागि सामुदायिक वन समूहकाे कार्ययाेजना जैविक विविधता पारिस्थिकीय सेवा सम्बन्धि गाेष्ठी सम्पन्न भएकाे हाे ।

देउखुरीमा रहेका सामुदायिक वन समूहका अगुवाहरूलाई चरा, जैविक विविधता क्षेत्रको बारेमा जानकारी दिई चरा संरक्षण र तिनीहरूको बासस्थानको पनि संरक्षणका लागि सामुदायिक वन समूहहरूले कार्ययाेजनामा समावेशका लागि टेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको संघका परियाेजना अधिकृत भुपाल नेपालीले जानकारी दिए । पंक्षी संरक्षण संघद्वारा सञ्चालित परियोजना तथा महत्त्वपूर्ण चरा र जैविक विविधता क्षेत्र संरक्षण को विषयमा विस्तृत रुपमा अधिकृत नेपालीले जानकारी गराएका थिए ।

उक्त अवसरमा सव-डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत धुब्रप्रसाद थारूले चरा संरक्षणका लागि सामुदायिक वन समूहले बनाउने कार्ययाेजनामा समावेश गर्नुपर्ने, बनेका कार्ययाेजना फेरबदल गर्ने र कार्य याेजनामा चरा संरक्षणकाे बिषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने गरि प्रस्तुतिकरण दिएका थिए । साथै सहभागी सामुदायिक वन समूहका पदाधिकारीहरूले अब बनाउने कार्ययाेजनामा उच्च प्राथमिकता दिएर चरा संरक्षणकाे बिषयबस्तुलाई समावेश गर्नका लागि उपस्थित सबैले प्रतिबद्धता जनाएका छन् ।

सोही कार्यशाला गोष्ठीमा नेपाल पंक्षी संरक्षण संघद्वारा सञ्चालित जिविकाेपार्जन तथा संरक्षण संयाेजन कार्यक्रम अन्तर्गत दाङकाे देउखुरीमा रहेका राजपुर, गढवा गाउँपालिका तथा लमही नगरपालिकाका सात वटा सामुदायिक वन समूहका दुई दर्जनभन्दा धेरै संख्यामा पदाधिकारीहरूको सकृय सहभागिता रहेको थियाे । भने संघका परियाेजन फिल्ड अधिकृत पृथ्वी चाैधरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!