१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

भारतीय वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा आफ्नै घरमा निधन,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, मंसिर ०८, २०८२

मुम्बई । ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे।

यसअघि नोभेम्बर ११ मा धर्मेन्द्रको मृत्यु भएको खबर बाहिर आएको थियो, तर हेमा मालिनी र ईशा देओलले उक्त रिपोर्टलाई खारेज गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। धर्मेन्द्रलाई नोभेम्बर १० मा ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता नोभेम्बर १२ मा डिस्चार्ज हुनुभन्दा पहिले दुई दिनसम्म भेन्टिलेटरमा थिए।

यस्तै, भारतीय सञ्चार माध्‍यम एबिपी न्युजका अनुसरा धर्मेन्द्रको निधनको खबर आएपछि, धेरै बलिउड स्टारहरू अभिनेतालाई अन्तिम श्रद्धाञ्जली दिन श्मशानघाटमा पुगेका छन्। अमिताभ बच्चन, उनका छोरा तथा अभिनेता अभिषेक बच्चन पनि स्वर्गीय अभिनेतालाई अन्तिम बिदाइ दिन पुगेका थिए।

करण जोहरले धर्मेन्द्रको निधनको पुष्टि गर्दै आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाता मार्फत उनलाई श्रद्धाञ्जली अर्पण गरे। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!