२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

धादिङमा ट्रक दुर्घटना हुँदा घटना स्थलमै ३ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(एबिसी संचार)
धादिङ माघ ७ धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससााह ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ४० जना भन्दा बढी घाईते भएका छन्। घाईतेहरुको उद्धार गरी अहिले जिल्ला अस्पताल ल्याईएको छ।घट्ना स्थलमा प्रहरी,रेडक्रसकर्मी,­स्थानीयहरुले उद्धार गरीरहेका छन् ।यो समाचार तयार पार्दा समेत ७ वटा एम्बुलेन्सबाट घाईतेलाई उपचारको लागि अस्पताल ल्याईएको छ । घट्नाको विस्तृत वितरण भने आउन बाँकि रहेको छ । हरेक हप्ताको मंगलबार ढोला मण्डलीमा पुजा गर्ने चलन रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!