१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारतले गुलरिया र मुर्तिहाबाहेक अन्य नाकाबाट नेपाली नम्बरका सवारीसाधनहरुको प्रवेशमा रोक,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०८, २०८२

बर्दिया । भारतमा नेपाली नम्बरका सवारी साधन बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रवेशमा एसएसबी(भारतीय सीमा सुरक्षाबल)ले प्रतिबन्ध लगाएको

उत्तर दक्षिण राजमार्ग स्थित गुलरिया नगरपालिका–१० को रजनवा हुँदै भारत जाने नाकामा नेपाली र भारतीय सवारी साधनमा आउजाउ रोक लगाएको प्रहरीले जनाएको छ ।

साताअघि रुपैडिहामा नेपालगन्ज हुँदै दुई विदेशी नागरिक राहदानी विना प्रवेश गर्दा पक्राउ परेका थिए । दिल्लीमा भएको बम विस्फोटपछि भारतीय सुरक्षकर्मीले रोक लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

निर्वाध रुपमा भारतीय सीमाको बजार मिहींपुरुवासम्म नेपाली सवारी साधन आउजाउको सुविधा दिँदै आएकोमा प्रतिबन्ध लगाएको छ । भारतीय सुरक्षाकर्मीले यसअघि नै लौकाही चित्लहवा, बलैगाउँ लगायत सीमावर्ती भारतीय बाटो हुँदै नेपाली सवारी साधनलाई आउजाउमा रोक लगाएको प्रहरीले जनाएको छ ।

भारतमा भएको आतंकवादी गतिविधिको कारणले शान्ति सुरक्षामा असर पर्ने भएकोले मुख्य नाकाबाहेक अन्य परम्परागत बाटो हुँदै सवारी साधन प्रतिबन्ध लगाएको भारतीय सुरक्षाकर्मीले बताएका छन् ।

मुर्तिहा हुँदै भारतीय सवारी साधनलाई भने नेपाल प्रवेशमा रोक भने छैन । तर नेपाली नम्बरको चार पांग्रे सवारी साधन आउजाउमा प्रतिबन्ध लगाएको छ । गुलरियासँग जोडिएको भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रतिबन्ध लगाउदा सर्वसाधरण सास्ती भोग्न बाध्य छन् ।

भारतीयहरु सवारी साधन नेपाल भित्र प्रवेश गर्दै आएका छन् । नेपाली सवारी साधनलाई रोक लगाएपछि भारतीय नम्बरका सवारीसाधन पनि रोक लगाउनुपर्ने गुलरिया–१० का मनोहर लोधले बताए ।

नेपाली सीमा क्षेत्रमा अधिकांश नेपाली नागरिकले अवैद्यरुपमा भंसार राजश्व नबुझाएर दर्जनौं भारतीय सवारी साधन राखेका छन् । नेपाल प्रहरीसँग यसको तथ्यांक भने छैन । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सवारी साधन रोक लगाएको सम्बन्धमा भारतीय समकक्षीसँग जानकारी लिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!