०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०८, २०८२

 

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । २०७७ माघ १९ मा सचिवमा बढुवा भएका अर्याल तथ्यांक सेवाबाट निजामतीमा प्रवेश भएका थिए । २०५३ वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गरेको उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् ।

योजना आयोग, प्रदेश सचिव, महिला मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, तथ्यांक कार्यालय लगायतका मन्त्रालय, विभाग निकायमा काम गरेको अनुभव रहेको छ । गत असोजमा उनलाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।

जेन-जी आन्दोलनका बेला गृहसचिव रहेका गोकर्णमणि दुवाडीदेखि, राष्ट्रिय तथ्यांक कार्यलयमा रहेका मधुसुदन बुर्लाकोटी, श्रम मन्त्रालयमा रहेका कृष्णहरि पुष्कर र खानेपानी मन्त्रालयमा रहेकी प्रमिलादेवी बज्राचार्य मुख्य सचिवको प्रतिस्पर्धामा चर्चामा थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!