१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

झापामा आगलागीबाट १० वटा खसीबाख्रा र ५० वटा कुखुरासहित गोठ जलेर खरानी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर ०९, २०८२

झापा । अर्जुनधारामा भएको आगलागीबाट १० वटा खसीबाख्रा र ५० वटा कुखुरासहित गोठ जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा दुईजना घाइते भएका छन् ।

गएराति ११ः३० बजे अर्जुनधारा –१० चोथाई बस्ने बलबहादुर दाहालको गाईगोठमा अचानक बिजुली सर्ट भई आगलागी भएको हो । आगलागीबाट गोठमा रहेका १० वटा खसीबाख्रा र ५० वटा बोईलर कुखुरासहित गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी १३ लाख २५ हजार बराबरको क्षति भएको छ । बिर्तामोड र मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा बिहान २ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगो निभाउने क्रममा दाहालकी श्रीमती बर्ष ४२ की छत्रकुमारी थापाको दुवै हात आगोले पोलेको छ भने सोही ठाउँ बस्ने बर्ष ७० की भीमादेवी भण्डारी लडेर घाइते भएकी छन् । दुवैजना घाइते शंकर अस्पताल शनिश्चरेमा उपचारपश्चात् डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!