१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालबाट कतार जाने तय भएका कतार एयर लाइन्सका जहाज त्रिभुवन विमानस्थलमै रोकिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १०, २०८२

काठमाडौं । इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखीको असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तय भएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन्।

आज बिहान १०ः०० बजे एउटा र ११ः०० बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू उक्त ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएको विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए ।

उनले भने, “ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवाँका कारण कतार एयरलाइन्सका दुईवटा वाइडबडी जहाज उडेका छैनन् । अहिले नेपालमै रोकिएका छन् । राति २ः०० बजेसम्म उड्न सक्ने खबर छ । ज्वालामुखी विस्फोटको प्रभाव नेपालको अन्य हवाई उडानमा परेको छैन ।’

यसैगरी उक्त ज्वालामुखी विस्फोटका कारण कोरिया एयरलाइन्सको जहाज पनि आज नेपाल आउन नसकेको र भोलि बुधबार साँझ मात्रै नेपाल आउने खबर प्राप्त भएको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।

कतार एयरलाइन्सको काठमाडौँ–दोहा एवं दोहा–काठमाडौँको उडान तालिकामा असर पर्दा यात्रुहरू मारमा परेका छन्। हाल यात्रुहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रुकक्षमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!