१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

उपन्यासकार सबिन प्रियासनले दुलहा दुलहीलाई उपन्यास उपहार

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, मंसिर ११, २०८२

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार सबिन प्रियासनले नवविवाहित दुलहा दुलहीलाई आफ्नो उपन्यास उपहार दिनुभएको छ । घोराही–१४ नयाँ बजारस्थित घोराही उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख मदनकुमार वली र बिमलाकुमारी वलीका सुपुत्र एमबिबिएस अध्ययनरत दीलिपसेन वलीको काठमाडौं बीर हस्पिटलमा बिएन नर्सिङ पदमा कार्यरत काठमाडौं निवासी जेसिका पाठकसँग वैवाहिक कार्यक्रममा उपन्यासकार प्रियासनले आफ्नो कडी उपन्यास उपहार स्वरूप दिनुभएको हो । सो अवसरमा प्रियासनले नवदम्पतिलाई समाज घरपरिवार र देश प्रति समर्पित भएर जिन्दगी अगाडि बढाउन सुझाव दिनुभएको थियो। पछिल्लो समय प्रियासनले चाहे विवाह होस्, चाहे जन्मदिन अथवा शुभ कार्यमा आफूले लेखेको उपन्यास यसैगरी उपहार स्वरूप दिँदै आउनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!