१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी (एआईजी) ईश्वर कार्कीले पाए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ११, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस कार्कीलाई बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवा र पदस्थापनको प्रस्ताव यसअघि नै मन्त्रिपरिषद्मा पेस गरेका थिए। मन्त्री अर्याल भने सोमबार मन्त्रिपरिषद् अघि नै भैरहवा पुगेका थिए। उनको अनुपस्थितमा बसेको बैठकले एआईजी कार्कीको बढुवा र पदस्थापनको निर्णय गरेको हो।

यसअघि डीआईजी हुँदा कार्की कोसी प्रदेशको प्रहरी प्रमुख थिए। उपत्यका प्रहरी कार्यालय कात्तिक २६ गतेदेखि प्रमुखबिहीन भएको थियो। दानबहादुर कार्की आईजीपी भएपछि प्रमुख रिक्त भएको थियो।

रिक्त पदमा बढुवा भएका ईश्वर कार्कीलाई नै राजधानीको सुरक्षा कमाण्डको जिम्मेवारी सुम्पिने निर्णय भएको हो। एआईजी ईश्वर कार्की आईजीपी दानबहादुर कार्कीकै ब्याची हुन्।

यसबीचमा डीआईजी ओम अधिकारीले निमित्त प्रमुख भएर काम गरिरहेका थिए।

नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!