१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सुनसरीमा हवाई फायर गरेर १५३ किलो गाँजा एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ११, २०८२

सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी गाँजा बरामद गरेको छ ।जिल्लाको इनरुवा नगरपालिका-७ स्थित चाँदवेलाबाट आज बिहान सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी १ सय ५३ किलो गाँजा बरामद गरेको हो ।सोही क्रममा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी हुन् ।

चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा१५च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को२ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लास्टिकको प्याकेटमा बेरेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।

गाडी र मोटरसाइकललाई अन्य मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले स्कर्टिङ गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा नेपाल बोर्डर आउट पोस्ट साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीले १ राउन्ड हवाई फायरसमेत गरेको थियो ।नियन्त्रणमा लिइएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाइकल चालक भने फरार भएका छन् ।चौधरीलाईआवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!