१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सुरक्षाकर्मीहरुको मिलेमतोमा बाराका नाकाबाट तस्करी थप सक्रिय,भएको स्थानीयहरुको गम्भीर आरोप,

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, मंसिर ११, २०८२

बारा । झरओखर र कवलपुर नाकामा पछिल्ला करीब एक महिनादेखि तस्करी गतिविधि तीव्र बनेको स्थानीयहरूले बताएका छन्। उनीहरूको दाबी अनुसार सुरक्षाकर्मीको मिलेमतोमा यी नाकाबाट ठूलो मात्रामा सामान ओसारपसार भइरहेको छ।

स्थानीय स्रोतका अनुसार कपडाको अवैध कारोबारमा संलग्न भनेर चिनिने सिम्रौनगढ–गोलागंज क्षेत्रका भोला साहलाई तस्करीका लागि ‘लाइन’ उपलब्ध गराइँदै आएको छ। साडी, कुर्ता–सलवार, सुटिङ–सटिङ लगायतका रेडिमेड कपडाहरू भारतबाट भित्र्याइ निजगढ र कोल्वी क्षेत्रसम्म पु-याइने गरेको आरोप छ। दैनिक रूपमा लाखौं मूल्यबराबरको कपडा दुबै सुरक्षातन्त्रको मिलेमतोमा सीमा नाकाबाट भित्रिने गरेको स्थानीयको भनाइ छ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढदेखि सशस्त्र प्रहरी बल जीतपुरस्थित बेशका केही घुमुवासम्म तस्करी जालोमा संलग्न रहेको दाबी पनि गरिन्छ।

पूर्वमा एउटा अप्रेसनमा परेपछि केही समय फरार रहेका साह राजनीतिक पहुँचका कारण कारबाहीबाट जोगिएको स्थानीयको आरोप छ।

यसैबीच बैरिया क्षेत्रमा भारतीय नागरिक अरविन्द साहलाई पनि तस्करीको नयाँ ‘लाइन’ उपलब्ध गराइएको बताइन्छ। अगर्वा नाकाबाट बैरिया र पथलवाघाट मार्ग हुँदै उनले कपडा र किराना सामान भारतबाट नेपालतर्फ ल्याउने र नेपालबाट कस्मेटिक सामग्री भारततर्फ पठाउने कार्य व्यापक भएको स्थानीयको दाबी छ।

सिम्रौनगढको नरवासमा उनले सञ्चालन गरेको कपडाको पसल तस्करीको आड बनेको आरोप पनि छ। केही महिना अघि राजश्व कार्यालयले सामान बरामद गरे पनि मिलेमतोमा छुटेको स्थानीय स्रोतले बताएका छन्।

स्थानीयवासीहरूका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नता बिना यति ठूलो तस्करी सम्भव नहुने दाबी बलियो बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!