२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सुरक्षाकर्मीहरुको मिलेमतोमा बाराका नाकाबाट तस्करी थप सक्रिय,भएको स्थानीयहरुको गम्भीर आरोप,

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, मंसिर ११, २०८२

बारा । झरओखर र कवलपुर नाकामा पछिल्ला करीब एक महिनादेखि तस्करी गतिविधि तीव्र बनेको स्थानीयहरूले बताएका छन्। उनीहरूको दाबी अनुसार सुरक्षाकर्मीको मिलेमतोमा यी नाकाबाट ठूलो मात्रामा सामान ओसारपसार भइरहेको छ।

स्थानीय स्रोतका अनुसार कपडाको अवैध कारोबारमा संलग्न भनेर चिनिने सिम्रौनगढ–गोलागंज क्षेत्रका भोला साहलाई तस्करीका लागि ‘लाइन’ उपलब्ध गराइँदै आएको छ। साडी, कुर्ता–सलवार, सुटिङ–सटिङ लगायतका रेडिमेड कपडाहरू भारतबाट भित्र्याइ निजगढ र कोल्वी क्षेत्रसम्म पु-याइने गरेको आरोप छ। दैनिक रूपमा लाखौं मूल्यबराबरको कपडा दुबै सुरक्षातन्त्रको मिलेमतोमा सीमा नाकाबाट भित्रिने गरेको स्थानीयको भनाइ छ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढदेखि सशस्त्र प्रहरी बल जीतपुरस्थित बेशका केही घुमुवासम्म तस्करी जालोमा संलग्न रहेको दाबी पनि गरिन्छ।

पूर्वमा एउटा अप्रेसनमा परेपछि केही समय फरार रहेका साह राजनीतिक पहुँचका कारण कारबाहीबाट जोगिएको स्थानीयको आरोप छ।

यसैबीच बैरिया क्षेत्रमा भारतीय नागरिक अरविन्द साहलाई पनि तस्करीको नयाँ ‘लाइन’ उपलब्ध गराइएको बताइन्छ। अगर्वा नाकाबाट बैरिया र पथलवाघाट मार्ग हुँदै उनले कपडा र किराना सामान भारतबाट नेपालतर्फ ल्याउने र नेपालबाट कस्मेटिक सामग्री भारततर्फ पठाउने कार्य व्यापक भएको स्थानीयको दाबी छ।

सिम्रौनगढको नरवासमा उनले सञ्चालन गरेको कपडाको पसल तस्करीको आड बनेको आरोप पनि छ। केही महिना अघि राजश्व कार्यालयले सामान बरामद गरे पनि मिलेमतोमा छुटेको स्थानीय स्रोतले बताएका छन्।

स्थानीयवासीहरूका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नता बिना यति ठूलो तस्करी सम्भव नहुने दाबी बलियो बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]